AArya
RUMPUM
animated ellipse animated ellipse

ईद पर्वले एकतामा बाँधेर अघि बढ्न प्रेरणा मिल्छ :मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ चैत्र २०८१, सोमबार ०६:३२
135
Shares
विराटनगर/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ईद पर्वले नेपालीहरूलाई एकआपसमा एकतामा बाँधेर अघि बढ्न प्रेरणा मिल्ने बताएका छन् ।

आज ईद पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले यो पर्वले एकआपसमा सद्भाव वृद्धि गर्दै सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्यमा समेत सहयोग पुग्ने बताए।

नेपालको संविधानले सबै जातजाति र धर्मालम्बीहरूको अधिकार स्थापित गरेको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले सबै मिलेर संविधानको रक्षा गर्न लाग्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले ईद पर्वले शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे।

नेपालको संविधानले सबैलाई समान दृष्टिकोणले हेरेको चर्चा गर्दै यसको रक्षा र संरक्षणको लागि जुट्न पनि यो पर्वले प्रेरणा दिने बताए। नेपाल बहुजाति बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले हाम्रो आफ्नै मौलिक परम्परा र संस्कृति रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यसले गर्दा नै हामीलाई एकताको सुत्रमा बाँधेर हातेमालो गर्दै अगाडि बढ्न सहयोग पुगेको विश्वास व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर