AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पालाई अग्रता, काँग्रेसलाई ४, जसपालाई १ र राप्रपालाई १ वडामा अग्रता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ बैशाख २०७९, शनिबार १८:२२
5.06k
Shares
विराटनगर / विराटनगर महानगरपालिकामा कांग्रेसको उम्मेदवार नागेश कोइरालाले एमालेका सागरकुमार थापाभन्दा १५९ मतले अगाडि रहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार १८८२ मत गणना हुँदा कोइरालाले ६१२ मत ल्याउँदा थापाको ४५३ मत ल्याए । स्वन्त्रका उमेश यादवले १०६ मत ल्याए ।

उपमेयरयस्तै, उपमेयरमा भने नेकपा एमालेकी शिल्पा निराला कार्कीले ४५० मत ल्याउँदा जसपाका अमरेन्द्र यादवले २४५ मत ल्याए । यता माओवादीका कार्यकर्ताको साथमा विद्रोह गरि उपमेयमा उम्मेदवार दिएकी नमिता न्यौपाने ६८ मत ल्याइन ।

अहिले विराटनगरका १, २, १६, १७, १८ र १९ नम्बरको मतगणना भइरहेको छ ।

वडाहरुमा वडाध्यक्षको मत हेर्दा कांग्रेसले तीनवटा वडामा अग्रता लिएको छ । राप्रपाले एक र जसपाले एक एक वडामा अग्रता कायम गरेका छन् । वडा नम्बर २ मा राप्रपाका वडाध्यक्षका उमेदवारले सबैभन्दा अगाडि छन् । वडा नम्बर १७ मा जसपाका उमेदवारले अग्रता कायम गरेका छन् ।

वडा नम्बर १ को अध्यक्षमा एमालेका उमेदवारले १०५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उमेदवारले १३६ मत प्राप्त गरेका छन् ।
वडा २ मा राप्रपाका उमेदवारले ११५ मत प्राप्त गरेका छन् । एमालेले १०४ र कांग्रेसको मत ६४ छ । वडा नम्बर १९ को अध्यक्षमा कांग्रेसका उमेदवारले १२८ र एमालेले १२३ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १८ मा कांग्रेसले ५४, एमालेले ३६ र जसपाले १९ मत प्राप्त गरेका छन् । वडा नम्बर १७ मा जसपाले १९८, कांग्रेसले १०५ र एमालेले १०९ मत प्राप्त गरेका छन् । वडा नम्बर १६ मा कांग्रेसका वडाध्यक्ष उमेदवारले ५६, एमालेले ३८ र जसपाले ४० मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर