animated ellipse animated ellipse

प्रदेश १ मा आज थप १४ जनामा कोरोना संक्रमित पुष्टि, २२ जना कोरोनामुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ श्रावण २०७७, शनिबार १७:२२
3
Shares
विराटनगर / प्रदेश १ मा आज थप १४ जनामा कोरोना संक्रमितको पुष्टि भएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय नजिक पुगेको छ ।

मोरङमा ९, ते¥हथुममा २, झापा, इलाम र उदयपुरमा १–१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको मिक्लाजुङमा ६ , उर्लाबारीमा २ र बेलबारीमा १ , ते¥हथुमको लालीगुराँसमा २ , झापाको कमल गाउँपालिकामा १, इलामको देउमाईमा १ र उदयपुरको बेल्टारमा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ बाट आजै २२ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय २ पुगेको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ जना, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा मोरङका ७, झापा र सुनसरीका ६–६ जना, उदयपुर, ते¥हथुम र इलामका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुने सवै विराटनगरका रहेका छन् । उनीहरु असार २३ गते अस्पताल भर्ना भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उराँवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर