animated ellipse animated ellipse

इन्चार्जले २३ लाख, अन्य कर्मचारीले कति गरे घोटला (विवरणसहित ) ?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ कार्तिक २०७९, सोमबार १९:१५
576
Shares
विराटनगर/ मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलको झण्डै एक करोड रूपैयाँ घोटला गर्ने १० जना कर्मचारी विरुद्ध अदालतमा ठगी मुद्दा दर्ता भएको छ ।

हस्पिटलको रिसेप्सन विलिङ एण्ड डिस्चार्ज विभागका इन्चार्ज मोरङको सुनवर्षी नगरपालिका २ का २६ वर्षीय दुर्गा बहादुर बिष्ट र सुनसरी इटहरी ४ का २४ वर्षीय अश्विन भट्टराईको मुख्य योजनामा दश जना कर्मचारीको मिलेमतोमा ५७ लाख ९६ हजार १ सय ६० रुपैयाँ घोटला गर्ने कर्मचारी विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको हो ।

मोरङ प्रहरीले विराट हस्पिटलको रकम घोटला गरी ठगी गरेको आरोपमा १० जना कर्मचारीलाई ३ कार्तिकमा पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । पक्राउ परेका मध्ये सबैभन्दा बढी घोटला भट्टराई र विष्टले गरेको खुलेको छ । मोरङ अदालतमा दायर अभियोगमा उल्लेख भएको बिवरण अनुसार डिस्चार्ज विभागका इन्चार्ज विष्टले २३ लाख ६६ हजार ६ सय १७ रुपैयाँ, भट्टराईले २३ लाख ९० लाख ७ सय ३१ रुपैयाँ अस्पतालको रकम अपचनल गरेको खुलेको छ ।

यस्तै अस्पतालका अन्य कर्मचारीहरू स्वस्तिका श्रेष्ठले ५ लाख २६ हजार ७ सय ९१, सुनिल पासवानले १९ हजार ६ सय २७, प्रभु नारायण चौधरीले ३३ हजार ३ सय, सुशिल पासवानले २ लाख ९८ हजार ५ सय ३, किरण विश्वकर्माले ६७ हजार ३ सय ३२, बसन्त कुमार रामले १० हजार र नर नारायण चौधरीले ५६ हजार ५ सय ७३ रुपैयाँ हिनामिना गरेको अदालतमा दायर भएका ठगी मुद्दाको अभियोग पत्रमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर