पूर्वाञ्चल खबर
सौन्दर्यकर्मीहरूले विराटनगरमा बुधबार एक भव्य कार्यक्रम आयोजना गरी तीज विशेष कार्यक्रम आयोजना गरी मनाएका हुन् ।
उनीहरूले तीजको अवसर पारेर नृत्य प्रतियोगिता, १६ श्रृंगार र म्यूजिकल चेयर प्रतियोगिता आयोजना गरेका थिए । १६ श्रृंगारको प्रथम रस्मी कामत भइन् । उक्त प्रतियोगितामा १२ जना सौन्दर्यकर्मीहरूले भाग लिएका थिए ।
म्यूजिकल चियर प्रतियोगिताको प्रथम आरती कामत घोषित भइन् । नृत्यमा रन्जु श्रेष्ठ प्रथम र देविका प्रधान द्धितीय भइन् । प्रतियोगितामा सौन्दर्यकर्मी महिलाहरूले भाग लिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिको महासचिब भली सुब्बाले बताइन् । वर्षदिनमा आउँने महिलाहरूको महान पर्व तीजमा सौन्दर्यकर्मीको प्रतिभा उजार गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिकी अध्यक्ष अमिता पोखरेलले बताइन् ।
कार्यक्रममा प्रदेश सांसद यशोदा अधिकारी, एमाले मोरङको जिल्ला सदस्यीय तथा सौन्दर्यकर्मी सन्तोषी श्रेष्ठ, नाबुनकी केन्द्रीय सदस्यीय गंगा तामाङ, प्रदेश १ का उपाध्यक्ष ललिता धिमाल, सचिब कला डाँगीलगायतको उपस्थीति रहेको थियो ।