AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

औषधी व्यवसायीको सप्ताहव्यापी कार्यक्रम सुरू

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ असार २०८०, बुधबार २१:२४
153
Shares
विराटनगर / नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रम सुरू भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङले विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने कार्यक्रमको सुरूवात आजबाट भएको हो ।

पहिलो दिन विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरेका छन् । अस्पतालका बाल बिभाग शाखाका बालबालिकाहरू लाई फलफूल , हरलीक्स , बिस्कुट र जुस संघका अध्यक्ष लक्ष्मी प्रसाद तिम्सीना , उपाध्यक्ष देशबन्धु ढकाल, कोशी हस्पीटलका कार्यवाहक मेशु डा. महेन्द्र प्रसाद महतो , पुर्ब मेशुहरू यज्ञराज खरेल , लक्ष्मी नारायण यादब , बाल बिभागका प्रमुख डा . राम नारायण चौधरी, कोशी अञ्चल शाखाका पुर्ब अध्यक्ष लक्ष्मण माझी चौधरीको उपस्थीतिमा वितरण गरिएको थियो ।

कार्यसमितिको ५१ औं बैठकले असार ५ गतदेखि १० गतेसम्म हप्ताभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको संघका उपाध्यक्ष तथा प्रवत्तःा ढकालले जानकारी दिए । संघको स्थापना दिवस असार १० गते पर्दछ । सोही अवसर पारेर संघको स्थापना दिवसमा रक्तदान कार्यक्रम, कोशी अस्पतालका विरामीलाई फलफूल वितरण, निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सामाग्री वितरण, अग्रज औषधी व्यवसायीलाई सम्मान, झण्डोतोलनलगायतका कार्यक्रमहरु आयोजना गरी मनाउने निर्णय भएको उनले बताए ।

यस वर्ष संघको स्थापना दिवस भव्य र सभ्य तरिकाले मनाउने उनले बताए । संघको स्थापना दिवस प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।

यस वर्ष हप्ताभरी कार्यक्रम गर्नको लागि संघले संयोजक र सह–संयोजकहरु पनि तोकेको छ । कार्यक्रमको मुल संयोजकमा संघका उपाध्यक्ष देशबन्धु ढकाल रहेका छन् । सह–संयोजकहरुमा प्रकाश धिमाल, पुष्पराज पोखरेल, सरिता चौधरी श्रेष्ठ, अनिल शर्मा चौधरी रहेको संघका उपाध्यक्ष तथा प्रवक्ता ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर