animated ellipse animated ellipse

मकालुको कारोबार १४ करोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ पुष २०८०, शनिबार १८:०५
423
Shares
विराटनगर / मकालु बहुउद्देश्यीय सहकारी संस्था लि.को २८ औ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

संस्थाको बार्षिक कारोबार १४ करोड नजिक रहेको बार्षिक प्रगती विवरणमा उल्लेख गरीएको छ ।

संस्थाको शेयर पूँजी हिसाब २ करोड १९ लाख रहेको छ भने कोष पूँजी २ करोड ९७ लाख रहेको छ । त्यस्तै गरी ऋण लगानीमा ७ करोड ६६ लाख रहेको छ भने असुली तर्फ ३ करोड ३७ लाख यो आर्थिक वर्षमा असुली गरेको छ । बचत तर्फ ५ करोड ११ लाख यो आवमा बचत रहेको छ । यो बार्षिक कारोबारमा संस्थाले करिब ५३ लाख नाफा गरेको छ।

९ सय ११ जना शेयर सदस्य रहेको संस्थामा ३०९ जना महिला सदस्य रहेका छ्न् । साधारण सभामा जेष्ठ शेयर सदस्य महिला तर्फ रुक्मिणीदेवी गुप्ता पुरुष तर्फबाट कमल बुढाथोकी त्यस्तै उत्कृष्ट बचतकर्तामा सुन्दर मास्के र उत्कृष्ट ऋणीमा अचिनकला रार्इलार्इ दोसल्ला तथा सम्मान पत्र र नगद सहित सम्मान गरिएको थियो।

साधारण सभाको उद्घाटन समारोहमा बोल्दै संस्थाका निवर्तमान अध्यक्ष रामनाथ भट्टराईले विराटनगरको हकमा यो संस्थालाई कसैले औलो ठ्ड्याउने गरी काम नभएकोले शेयर सदस्य महानुभावहरुलाई ढुक्कले लगानी बढाउन अनुरोध समेत गरे ।

पूर्व अध्यक्ष राजमणी न्यौपाने , जिल्ला बहुउद्देश्यीय सहकारी संस्था लि मोरङका अध्यक्ष माधव अधिकारी ,सुगम साकोसकी उपाध्यक्ष झुमा निरौलालगायतले बोले ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर