पूर्वाञ्चल खबर
गाउँपालिकाको ५ नम्बर वडा भित्र रहेको आर्थिक अवस्था नाजुक भएको ३ सय ८० घर परिवारलाई जाडोमा सोमबार सिरक वितरण गरेको हो ।
वडाले यहाँका अति बिपन्न, अपाङ्गता भएका व्यक्ति र सुत्केरीहरूलाई जाडोमा न्यानो सिरक वितरण गरेको धनपालथान गाउँपालिका ५ का वडाअध्यक्ष गयानन्द सरदारले बताए ।
माघको सुरूवातसँगै सीतलहरसँगै अत्याधिक रुपमा जाडो बढ्दा आर्थिक अवस्था नाजुक भएको परिवारलाई जाडोमा न्यानो पार्न सिरक वितरण गरिएको वडाअध्यक्ष सरदारले जानकारी दिए । ‘वडा भित्र धेरै आर्थिक अवस्था नाजुक भएका परिवार रहेका छन्,’ उनले भने, ‘आर्थिक अवस्था नाजुक भएको घरपरिवार छनौट गरि जाडोमा सिरक बितरण गरिएको हो ।’ वडा कार्यालयले प्रत्येक वर्ष जाडोमा यहाँका स्थानियलाई जाडोमा न्यानो कपडा बितरण गर्दै आएको छ । यस अघि पनि वडा कार्यालयले कोडिभ १९ बाट बच्न स्थानियलाई स्वास्थ्य सामाग्री र सचेतना मूलक अभियान संचालन गरेको थियो ।