पूर्वाञ्चल खबर

विराटनगरमा आयोजित विशेष समारोहका बीच कलेजले कक्षा ११ मा भर्ना भएका पाँच उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरूमा तल्हा खा, सुरज कुमार यादव, प्रेना प्रियम मेहता, सुदिक्षा झा र धैर्य जैन रहेका छन् ।
उनीहरूलाई कार्यक्रमका विशेष अतिथि एवं चर्चित हास्यकलाकार मनोज गजुरेलले दोसल्ला ओढाएर कदर पत्रसहित सम्मान गरे । सो अवसरमा कलाकार गजुरेलले आफ्नो प्रहसन र उत्प्रेरणामूलक प्रस्तुतिमार्फत विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद ढुंगेलले बदलिँदो समयअनुसारको शिक्षामा जोड दिए । ूअहिलेको शिक्षा प्रविधियुक्त हुनुपर्छ,ू ढुंगेलले भने, ूविद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई बजारमा बिक्ने र रोजगारमुखी शिक्षा दिएर अगाडि बढाउनु आजको आवश्यकता हो ।ू
कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले मेरिल्याण्डले सधैं गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको र त्यसकै जगमा कलेजले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरे । उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कलेजले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कलेजका अध्यक्ष गुणराज ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन निर्देशक भेषराज पोखरेलले गरेका थिए । औपचारिक कार्यक्रमपछि विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुतिहरू दिएर समारोहलाई थप उत्साहजनक बनाएका थिए ।