AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका कराते प्रशिक्षक विमल पोखरेल अन्तर्राष्ट्रिय प्रशिक्षणमा छनोट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ कार्तिक २०७८, सोमबार १७:३५
5.71k
Shares
विराटनगर / कराते प्रशिक्षक विमल पोखरेल एसियन
कराँते फेडेरेशनले गर्ने अन्तर्राष्ट्रिय प्रशिक्षणको छनोटमा परेका छन् । यो प्रशिक्षणपछि पोखरेलले अन्तर्राष्ट्रियस्तर
खेलको प्रशिक्षक हुन पाउने छन् ।

काजिकास्तानमा आउँदो १२ डिसेम्बरमा हुने प्रशिक्षणमा उनी छनौटमा परेका हुन् । नेपालबाट उनी एक्लै छनौटमा
परेका छन् । छनौटमा परे पनि आउने जाने टिकटलगायत सम्पूर्ण खर्च आफैले व्योहोर्नुपर्ने पोखरेलले बताए ।

टिकटमात्र होइन होटल र खाना खर्च पनि आफैले व्योहोर्नुपर्ने पोखरेलले भने । उनका अनुसार त्यसका लागि झण्डै साढे तीन लाख खर्च लाग्छ । उनले खेल क्षेत्र राज्यको पनि जिम्मेवारीमा पर्ने भएकाले उचित सहयोग पाउने अपेक्षा पनि गरेका छन् ।
पोखरेल मार्सल आर्ट अन्तर्गतको कराँते खेलको फोर डाँन ब्ल्याकबेल्ट हुन् । उनी यस खेलका सरकारी प्रशिक्षक समेत हुन् ।

पोखरेलले २०६० सालको सहायक कराते प्रशिक्षक तालिममा नेपाल प्रथम गरेका थिए । २१ औं शताब्दीमा पहिलोे अन्तर्राष्ट्रिय स्वर्ण पदक नेपाललाई दिलाएका थिए भने तत्कालिन पूर्वाञ्चललाई चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण पनि दिलाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर