पूर्वाञ्चल खबर
आज विहान भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेका विराटनगर १७ का ३७ वर्षीय विनोद रायलाई मानव कंकालसहित प्रहरीले पक्राउ गरेको हो ।
गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी बलका डीएसपी ऋषिकेश राउतका अनुसार रिक्सामा राखेर भारतबाट मानव कंकाल लिएर आउँदै गर्दा विराटनगर–१५ स्थित २ नम्बर ढाटमा ड्युटीमा रहेको सशस्त्र प्रहरीले फेला पारेको थियो ।
पक्राउ परेका रायले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टा बरामद भएको छ ।
उनीसँगै रहेकी १ जना महिला रिक्साबाट ओर्लिएर फरार भएकाले खोजी तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले रायलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ ।