AArya
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन अध्यक्ष टिकाराम पुरीको ‘खाली खुट्टा’ सार्वजनिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० चैत्र २०७८, बिहीबार १८:१५
3.97k
Shares
काठमाण्डौ / प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरीको पुस्तक ‘खाली खुट्टा’ सार्वजनिक भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको १५ औं महाधिवेशनमा पुरीको पुस्तक ‘खाली खुट्टा’ सार्वजनिक भएको हो ।

प्याब्सनको १५ औं महाधिवेशनको उद्घाटनका क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पुस्तकको विमोचन गरे ।

१४ औं महाधिवेशनबाट प्याब्सनको केन्द्रीय अध्यक्ष बनेका पुरीले एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत एभरेष्ट मन्टेश्वरी, एभरेष्ट स्कुल, एभरेष्ट कलेज, एम्स कलेज विराटनगर र पाथिभरा स्कुल इटहरीलगायत शैक्षिक सस्था सञ्चालन गर्दै आएका छन् । २०२४ साल वैशाख १ गते संखुवासभाको खाँदबारी नगरपालिकामा जन्मेका पुरीले बाल्यकालदेखि प्याब्सनको नेतृत्वमा पुगेर गरेका संघर्ष पुस्तकमा समावेश गरिएको छ ।

आर्थिक अवस्थामा कारण १४ वर्षको उमेरसम्म चप्पल लगाउन नपाएका पुरीले स्कुल तहको अध्ययन गर्दा दालचिनी बेचेर खर्चको जोहो गरेको कथा पुस्तकमा समेटिएको छ । एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि विराटनगर आएका उनले विराटनगरमा रोजगारी नपाउँदा गरेको संघर्षदेखि सयौंलाई रोजगारी दिने संस्थाको नेतृत्व गर्दाको अनुभवलाई खाली खुट्टमा समावेश गरिएको छ । पुरीको पुस्तक ‘खाली खुट्टा’ जनता पब्लिकेशनले प्रकाशित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर