AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोना भाईरसका कारण प्रदेश १ मा १० जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ श्रावण २०७७, बुधबार १९:२२
162
Shares
विराटनगर / कोरोना भाईरस(कोभिड १९) बाट प्रदेश १ मा १० जनाको मृत्यु भएको छ । मृतकमध्ये ८ जना प्रदेश १ रहेका छन् भने बाकी २ जना प्रदेश २ का महोत्तरी र सिरहाका हुन् ।

आज मोरङका दुई जनाको २ जनाको कोरोना कारण मृत्यु भएसँगै प्रदेश १ का मात्र ८ जनाको ज्यान गएको हो । बुढीगंगाका २ का ५५ वर्षीय पुरुषको विहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र विराटनगर ५ का ५७ वर्षीय पुरुषको कोशी कोभिड उपचार केन्द्र विराटनगरमा अपरान्ह मृत्यु भएको हो ।

दम र सुगरका विरामी नेपाल विद्युत प्राधिकरणमा कार्यरत विराटनगर ५ का पुरुषमा साउन २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या बढेपछि सोमबार अस्पताल भर्ना भएका उनको उपचारको क्रममाा आज कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको अस्पताका प्रवक्ता डा. लक्ष्मीनारयण यादवले जानकारी दिए ।

उता बुढीगंगा गाउँपालिका –२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा आज विहान प्रतिष्ठानमा मृत्यु भएको हो । श्वासप्रश्वास र उच्च ज्वरोको समस्यापछि सोमबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका उनमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई आइसोलेशनमा भर्ना गरेर उपचार थालिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाले जानकारी दिनुभयो ।

महोत्तरी र सिरहा घर भएका दुई जनाको यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर