कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

खबर पूर्वाञ्चल, १२ जेष्ठ २०७९, बिहीबार १६:३१
1.04k
Shares
विराटनगर/ कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ ।

तत्काल गर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समुहको आयोजनामा विराटनगरमाभएको संवादको क्रममा अस्पतालल विकास समिति र अस्पताल प्रशासनले फोहोर मैला ब्यवस्थापन गर्न कानुनी कार्वाहीमा जाने तयारी गरेको हो । अस्पताल पवेश गर्दा देखिनै धुम्रपान र मध्यपान प्रवेश गरेर अस्पतालभित्र प्रवेश नदिईने, यदी सुर्ती तथा सुर्तीजन्य पद्धार्थ प्रयोग गर्दै कार्यलय परिसर भित्रप्रवेशगरी मनपरी थुक्ने, फोहोर फाल्ने गरेको पाईएमाकानुनीप्रक्रियामालगिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट यज्ञ खरेलले बताए ।

‘धुम्रपान र मध्यपान प्रयोग गर्दै कोशी अस्पताल भित्र प्रवेश गर्ने गरिएको छ, जसले अस्पताललाई कुरुप बनाउने काम गरेको छ, उनले भने, अस्पताललाई सफा बनाउने अभियानमा मेरो दृढ ईच्छा शक्ति छ, त्यो अभियानमा दलहरुले सहयोग गर्नु पर्छ ।’

अस्पताल भित्र, बिभिन्न बहानामा फोहोर गर्नेलाई कानुन अनुसार कार्वाही गरेर जाने उनले बताए । अस्पताल प्रशासनले अस्पताल भित्र फोहोर ब्यवस्थापन गर्ने बारेमा सुचना टाँस्ने, प्रचार प्रसार गर्ने र त्यो बारेमा जानकारी दिन कर्मचारीको ब्यवस्थापन गर्ने र अटेर गरेको पाईएमा कारवाहीमा जाने उनले बताए ।

अस्पताल प्रशासनले तत्काल हेल्प डेस्क संचालन गर्ने पनि प्रतिबद्धता जनाएकोछ । अस्पतालमा उपचार गर्न गएका नागरिक अन्यौलमा पर्ने, घुमेको घुमेकै गर्ने तर उपचार गर्ने ठाउँ नपाएको गुनासो आएपछि अस्पतालले तत्काल हेल्पडेस्क संचालन गर्ने जनाएको हो ।

अस्पताल भित्र दिईने सेवा र डाक्टर रहने समयको बारेमा जानकारी दिने खालका बोर्ड र संकेतहरु राख्ने पनि अस्पताल प्रशासनले प्रतिबद्धता जनाएको छ । कोशी अस्पतालमा कार्यालय समयमा पनि डाक्टर नबस्ने गुनासा आएपछि त्यसलाई कडाईका साथ कार्यान्वयनमा लग्नका लागि बोर्ड सहितकुन सेवा कहाँलिन पाईन्छ भन्ने संकेतहरु राखिने अस्पतालविकास समितिकाअध्यक्ष महेश भट्टराईले जानकारी दिए । संवाद समुहको समन्वयमा अस्पताल प्रशासन र दलहरुकाबिच अस्पताल भित्रै हरेकमहिनानियमितगर्ने अस्पताल प्रशासनले प्रस्ताव गरेको छ ।

हामी सघाउँछौँ : दल
सामान्य समस्याले पनि बिरामीलाई असजिलो हुने गगरेको छ । अस्पता प्रवेश गर्ने मुख्य गेटमा सिटी र अटोको कारण बिरामी तथा एम्बुलेन्सलाई आवत जावतमा समस्या हुने गरेपछि त्यसलाई ब्यवस्थापन गर्न अस्पताल प्रशासनले ट्राफिक प्रहरीको सहयोग लिने बताएको छ ।

अस्पतालको गेट देखि भित्रैसम्म सिटी र अटोकाकारण समस्या रहेकोले त्यसलाई ब्यवस्थापन गर्न नेकपा एकिकृत समाजवादीका नेता महेश रेग्मीले सुझाव दिएका थिए । उनले हिजो अस्पतालको तर्फबाट भएको प्रतिबद्धता कार्यान्वायन गर्न आग्रह गरे । ‘कोशी अस्पतालको केही सुधार भएको देखिए पनि शत् प्रतिशतकामहरु पुरा भएको देखिँदैन , उनले भने, दलहरुको तर्फबाट गर्नु पर्ने सहयोगमा कुनै कमी भएको छैन, अस्पताल प्रशासनले गरेको प्रतिबद्धता कार्यान्वायनगर्नु प¥यो ।’

उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले सुचना प्रणालीलाई ब्यवस्थित गर्नु पर्ने बताए । अनुहार चिनिने मान्छे गयो भने सहजै्र उपचार पाउने र नयाँ ब्यक्ति उपचारको लागि गयो भने अलमल पर्नु पर्ने अबस्थाको अन्त्य गर्न उनले आग्रह गरे । अस्पतालमा उपचारको लागि पुगेका सेवाग्राहीले सोधेको प्रश्नको जवाफ नदिने, सोध्यो भने झर्किएर जवाफ दिनुले नागरिक प्रतिको अन्याय हुने उनको तर्क छ ।

नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले सरसफाईमा धेरै काम भए पनि नागरिकका समस्यामा अस्पतालले अझै काम गर्न नसकेको बताए । ‘नागरिकलाई समस्या परेको बेला समाधान गर्नको लागि चासो नदिएको जस्तो देखियो, उनले भने, अहिलेको अस्पतालको अबस्थाकुनै बिरामी आधा घण्टा कुर्नु प¥यो भने कहाँ राख्ने भन्ने चिन्ता छ ।’

नेकपा एमालेका सचिव रुपेश खतिवडाले अस्पताल सुधार गर्दैछौँ भने पनि सामान्य नागरिकले सेवा पाउन निक्कै गाह्रो रहेको बताए । ‘अस्पतालले सरसफाईका मापदण्ड पुरा गरेको छैन, उनले भने, कोशी अस्पताल नचलेको फ्याक्ट्रीको गोदाम घर जस्तो देखिएको छ, सरसफाईको अबस्था हेर्दा दर्दनाक देखिन्छ ।’

घाम पानीबाट जोगिने र बस्ने खालको प्रतिक्षालय समेत नभएको एथार्थ सुनाए । प्रतिक्षालयभित्रै नागरिकको सहजताको लागि टोकन ब्यवस्थापन गर्न सकियो भने धेरै समस्याको समाधान हुने उनले सुझाव दिए । अस्पतालमा डाक्टर भएपनि पुर्ण समय कामनगरेको समेत टिप्पणी गरे ।

डाक्टर कार्यालय समय पूर्ण नबस्था सेवाग्राही भौतारिनु पर्ने अबस्था रहेको उनले बताए । कोशी कोभिड अस्पताललाई संचालन गरेर प्रयोगमा ल्याउन उनले सुझाव दिए ।
लोसपाका जिल्ला अध्यक्ष मोहम्मद कादिरले नागरिकले उपचार गर्न आउँदा फोन गरेर आउनु पर्ने बाध्यता रहेको बताए । उनले पहिलाको भन्दा अहिले अस्पतालको ब्यवस्थापकीय रुपमा केही सुधार भएको बताए । कर्मचारीको ब्यवहारमा परिवर्तन गरिनु पर्ने उनको सुझाव छ ।

राप्रपाका सचिव टंक गुरागाईले अस्पताल कस्तो बनाउने भन्ने हात प्रशासनको जिम्मेवारी लिएका ब्यक्तिको हुने बताए । उनले बिशेषज्ञ डाक्टरकोमा जाँदा मुख थुनेर जानु पर्ने अबस्थाको अन्त्य हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Bijay Mandal लेख्नुहुन्छ

    1 din doctor lai dekhaune Ani aro din test ko report dekhaune system Pani change gariyo sir

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५