AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ कारागारमा जेलरबाटै रकम अशुली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०८०, शनिबार १४:३९
1.07k
Shares
विराटनगर/ मोरङ जिल्लाको विराटनगरमा रहेको मोरङ कारागारका जेलर ध्रुवप्रसाद कोइरालाले वयवसायि तथा कैदीबन्दीहरुबाट रकम लिने गरेको कैदीबन्दीहरले बताएका छन् । मोरङ कारागार भित्र, बाहिरबाट सामान ल्याउने व्यवसायी तथा कैदीहरुलाई जेलर कोईरालाले रकम माग्ने गरेका हुन् ।

कारागार व्यवस्थापन विभागका अनुसार कोहि कैदीबन्दीहरु विरामी भएमा रोग र विरामी अनुसार आफ्नै खर्चमा हस्पिटल जान पाउने प्रावधान रहेको छ । तर मोरङ कारागारमा रहेका १२ जना बन्दीहरुलाई रकम नदिएकै भरमा जेलर कोइरालाले जान दिएका छैनन् । पुर्पक्षका लागि मोरङ कारागारमा रहेका शेहशसा सिध्दिकी (अव्दुल खताव) रफुल मियाँ, दिपक दास, बलबहादुर नेपाल,ओमप्रकाश मण्डल, अक्षय मण्डल, साहिद मियाँ, काजीमान पुरी, शक्ति मण्डल, महमद जहाँगिरलगायतले बारम्बार कारागार प्रशासनलार्इ चिठ्ठि पठाउँदा समेत जेलर कोईरालाले कुनै हस्पिटल जान दिएका छैनन् ।

प्रशासनलाइ बारम्बार उपचारका लागि पत्र पठाउँदा समेत जान नदिएको बन्दी ओमप्रकाश मण्डलले बताए । उनका अनुसार आफुले चाहेको हस्पिटलमा उपचार गर्न जाने प्रबन्ध मिलाइदिए बापत जेलर कोईरालाले रकम माग गर्ने गरेको बताए । जेलर कोईरालाले विराटनगरका प्राईभेट हस्पिटलहरुमा बन्दीहरुलार्इ उपचारका लागि मोटो रकम लिएर पठाउने गरेका छन् । तर रकम नहुने र रकम नवुझाउनेहरुलार्इ भने कोईरालाले सरकारी हस्पिटलमा समेत पठाउन मान्दैनन् ।

केहिदिन अधि जेलर कोईरालाले मोटो रकम लिएर बन्दि नविन सुवेदीलार्इ भने प्राईभेट हस्पिटल पठाउने व्यवस्था मिलाइदिएका थिए । सुवेदी अहिलेसम्म नोबेल मेडिकल कलेजमा उपचार गराइरहेका छन् । तर रकम नबुझाउने बन्दीहरु भने विरामी हुँदा समेत उपचार गर्न जान पाएका छैनन् ।

जेलर कोइरालाले कारागार भित्र रहेका र छुट्न लागेका कैदीहरुको फाइल समेत अगाडि बढाइदिएका छैनन् । मोरङ कारागार भित्रै रहेका संजय साहको फाइल अगाडि नबढेका कारण अदालतमा उनको फाइल अगाडि बढ्न सकेको छैन । उनी भन्छन् ,जेलर कोईराला आएदेखि कैदीबन्दीहरुलार्इ विभिन्न बाहानामा रकम माग गर्छन, रकम नदिए फाइन अगाडि बढाउन मान्दैनन , अदालतको काम ढिलो भइरहेको छ ।

जेलर कोइरालाले कैदीबन्दीहरुका लागि खाद्यान पुर्याउने व्यवसायीहरुसंग समेत मोटो रकम माग गर्दै आइरहेका छन् । कारागार भित्रका बन्दीहरुका लागि चाहिने सामाग्रि पुर्याउने व्यवसायीहरुले पैसा नबुझाए सामान भित्र लैजान समेत कोइरालाले रोक्ने गरेका छन् । जेलर कोइराला विराटनगर सरुवा भएर आए देखि कैदीबन्दीहरुलाई दुख दिने गरेको शेहसा सिध्दिकीले बताए । कारागार प्रशासनले उपचारका लागि पत्र दिएता पनी रकम नबुझाए पछी जेलरले हस्ताक्षर गर्दैनन् , उपचार गर्नका लागि जान पटक पटक पत्र पठाएता पनी रकम माग्ने गरेको र नदिएसम्म उपचारमा जान नपाएको उनले बताए । उपचारका र रकम मागका विषयमा मोरङ कारागारका बन्दीहरुले मानव अधिकार आयोग , पत्रकार महासंघ कोशी प्रदेशमा समेत निवेदन दिएको शेहसा सिध्दिकीले बताए ।

यस विषयमा मोरङ कारागारका जेलर कोइरालाले आफुलाइ थाहा नभएको र यो सरासर गलत भएको बताए । यस विषयमा अन्य जानकारी लिन प्रमुख जिल्ला अधिकारिलार्इ सोध्नु, उनले भने, उनी यस विषयमा बोल्न चाहेनन् । त्यसैगरि मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले आफु भर्खरै मोरङ जिल्ला आएका कारण यस विषयमा आफुलाइ थाहा नभएको र यस विषयमा चाँडो भन्दा चाँडो अनुसन्धान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर