कर्सियामा रहेको सिटिजन बैंक लुटपाटमा संलग्न भएको आरोपमा दुई भारतियसहित तीन पक्राउ

खबर पूर्वाञ्चल, २७ आश्विन २०७८, बुधबार १७:४६

विराटनगर / मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया चोकमा रहेको सिटिजन बैंक लुटपाटमा संलग्न भएको आरोपमा दुई भारतिय नागरिकसहित पक्राउ परेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन आयोजना गरी लुटपाटको प्रयासपछि भाग्दै गरेको समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । घटनामा संलग्न विराटानगर महानगरपालिका–८का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया–४ का ३० वर्षीय विजय सहनी रहेको मोरङ प्रहरी जनाएको छ । लुटेरा समूहमा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बैंक लुटपाटको घटनामा नौ जनाको संलग्नता रहेको भएपनि तीन जनामात्र पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले फरार भएका अन्य छ जनाको खोजी गरिरहेको जनाएको छ ।

असोज २५ गते सोमबार अपरान्ह पौने चार बजे सात जनाको लुटेरा समूह बैंकमा पसेर लुटपाट मच्चाएको प्रहरीले जनाएको छ । लुटेराहरुसँग प्रतिकार गरेका बैंकका सुरक्षा गार्ड रंगेली २ का ४० वर्षे सितल कुमाललाई उनीहरुले पछाडिबाट गोली प्रहार गरी घाइते बनाएका थिए । घाइते कुमालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

 

बैंक लुटपाट गरी को २५ प ३८९९ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा प्रहरीले खयरबना चोक नजिकबाट हतियार सहित तीन जना लुटेराहरुलाई पक्राउ गरेको थियो । उनीहरु अमाही बरियातीको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको थियो । गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका थिए । घटनाको अनुसन्धान गरिरहेको बताउँदै प्रहरी उपरीक्षक जिसीले लुटेराको साथबाट नगद नभेटिएको बताए ।

प्रहरीले लुटेरा समूहमाथि गोली चलाउँदा विजय सहनीलाई गोली लागेको थियो । उनीहरु तीनैजना एउटै मोटरसाइकलमा चढेर भागेका थिए । प्रहरीले सहनीकै साथबाट कटुवा पेस्तोल बरामद गरेको गरेको जनाएको छ ।

लुटपाटका क्रममा प्रयोग भएको पल्सर मोटरसाइकल, कटुवा पेस्तोल र सुनिल यादवले प्रयोग गरेको कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड नपड्केको गोली, तथा घाइते सुरक्षा गार्डको शरीरबाट निकालिएको गोली बरामद गरी प्रमाणको रुपमा राखेको जनाएको छ ।

बैंक लुटपाटका क्रममा लुटेराहरुले २७ लाख रुपैयाँ नगद लुटेर लगेको भएपनि प्रहरीले त्यस विषयमा मुख खोलेको छैन । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले रकमको विषयमा जानकारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५