खबर पूर्वाञ्चल
मोरङ प्रहरीले मोरङको धनपालथान गाउँपालिका–२ पौठाबाट भारततर्फ लैजादैं गरेको ६ हजार २५० केजी हरियो मटरसहित को १ ख ४८८७ नम्बरको मिनी ट्रकसहितबरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
सो स्थानमा प्रहरी पुग्नासाथ हरियो मटरसहितको ट्रक छाडी चालक फरार भएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
बरामद गरिएको मटरसहितको ट्रक मुल भन्सार कार्यालय रानीमा बुझाउने तयारी भइरहेको प्रनाउ राईले बताए ।
बरामद गरिएको मटर धनपालथान गाउँपालिका–२ का दीलिप साहको भन्ने खुल्न आएको र हाल फरार रहेका साहको खोजी भइरहेको प्रनाउ राईले जानकारी दिए । पाँचलाख मूल्य बराबरको मटर भारततर्फ लैजादैं गरेको सुचनाका आधारमा सीमा प्रहरी चौकी मायागञ्ज र रंगेली प्रहरी कार्यालयको सम्युक्त टोलीसहित मोरङ प्रहरीले नियन्त्रणमा लिइएको हो ।
अनुसन्धानका क्रममा धनपालथान–२ का दिलिपले मटर तस्करी गरेर निकासी गराउँदै गरेको खुलेको छ । दिलिप बुधनगरबाट तस्करीको लाइन चलाउने जितु साहको सम्पर्कमा रहेका व्यक्ति हुन् । विराटनगरको केहि उद्योगीहरुसहित जितु र धनपालथानका दिलिपले त्यहाँको प्रहरीसँगको मिलेमतोमा लाइन चलाउँदै आएको ख्लेको छ ।