पूर्वाञ्चल खबर
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर रोडशेष चौक उत्तर मिथिला हार्डवेयरका सञ्चालक विनोद झा मृत अवस्थामा भेटिएका हुन। प्रहरीका अनुसार बुधबारबाट घरबाहिर नदेखिएका उनको शरीर पङ्खानजिकको हुकमा झुन्डिएको अवस्थामा भेटिएकाे हो।
प्रहरीलाई घरमा रहेको होटलका कर्मचारीले बिहीबार बेलुका खबर गरेका थिए। सोही अनुसार प्रहरीले बिहीबार राति करिब १० बजे घरमा हेर्दा झाको मृत अवस्थामा भेटिएको हो।
जनकपुर घरभएका ५६ वर्षिय झा पछिल्लोसमय एक्लै बस्दै आएको प्रहरीले जनाएकाे छ। पारिवारिक सदस्यका अनुसार चिकित्सक छोरी स्नेहा र श्रीमती साधना झा हुन्। दुवै जना केहीदिनदेखि काठमाडौंमा भएको बताईएको छ। उनको मृत्युबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। झाले पछिल्लो १ वर्षदेखि पसलपनि बन्द गर्दै आएका थिए।