RUMPUM
animated ellipse animated ellipse

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०८०, मंगलवार १९:५३
207
Shares
विराटनगर / मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगरनगरपालिका ६ का २० वर्षीय सुजन विश्वकर्माको साथबाट एक ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय झिलझिले झापाको प्रहरी टोलीले झापाको शिवसताक्षी नगरपालिका ११ दुधे स्थित बस काउन्टरबाट प्र १-०१-०१३ प ६५८१ नम्बरको स्कुटरमा चामलको बोरा भित्र प्लास्टिकले पोको पारी लुकाई छिपाई ल्याएको ९ ग्राम ७ सय ७० मिलिग्राम लागुऔषध ब्राउनसुगर र स्कुटरसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरका २९ वर्षिय साजन राई र ३५ वर्षिय सुन्दर लावती रहेका छन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइ रहेको छ ।

यसैगरी यता मोरङको विराटनगर महानगरपालिका १५ स्थितबाट प्रहरीले ठुलो परीणाममा लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो

विराटनगरबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका सुनसरीको ईटहरी उप महानगरपालिका १२ का ४० बर्षीय शुसिलकुमार साह र चितवन जिल्लाको भरतपुर महानगरपालिका १ का ३२ बर्षीय राजकुमार श्रेष्ठको साथबाट ५८ ग्राम ७८ मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र नगद रूपैया १० हजार बरामद गरेको थियो ।

लागुऔषधसहित पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार