RUMPUM
animated ellipse animated ellipse

सवारी दुर्घटनामा परि अधिवेशनमा आएका प्रतिनिधीको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ फाल्गुन २०७९, सोमबार १०:५९
1.45k
Shares
विराटनगर/ विराटनगरमा गएराती सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

विराटनगर ५ बरगाछी अगाडी सवारी दुर्घटनामा परी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी एक जना प्रतिनिधिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा आइतबार राती साढे ११ बजे दुर्घटनामा परी अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको मृत्यु भएको हो ।

अर्घाखाँचीका सन्धिखर्क नगरपालिका ५ घर भएका २६ वर्षीय महत लु १८ प ५४५६ नम्बरको मोटरसाइकलमा सवार थिए । बन्दशत्र सुरु भएको होटेल मनासलुबाट निस्किएपछि विराटनगर – इटहरी सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १– ०२-४२ प ६०४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका महतको विराटनगरस्थित नोबेल मेडिकल कलेज पु¥याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक ४८ वर्षीय विष्णु परियार गम्भीर घाइते भएका छन् । उनको उपचार नोबेलमा भइरहेको छ । रातीको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको कारणले दुर्घटना भएको प्रहरीले जनाएको छ । ‘मापसे सेवन गरेर प्रदेश १ –०२-४२ प ६०४९ नम्बरको मोटरसाइकल सवार चालकले मापसे सेवन गरेपछि तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको देखिएको छ,’ मोरङ ट्राफिक प्रमुख कार्कीले भने, ‘सवारीमा सवार पक्राउ परेका छन् । उनीले पनि मापसे सेवन गरेको खुलेको छ । ’ ठक्कर दिने चालक विराटनगरका स्वयम अन्सारी रहेका छन् । उनी फरार छन् । प्रहरीले खोजी कार्य तीव्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर