ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दुर्घटनामा सव इन्जिनियर खानको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ जेष्ठ २०८१, सोमबार २१:०२
1.2k
Shares
विराटनगर/ मोरङमा सवारी दुर्घटनामा परी एक जना सव इन्जिनियरको मृत्यु भएको छ ।

विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको हो ।

हरैँचाबाट विराटनगरतर्फ आउँदै गरेको को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल ग्रामथान गाउँपालिका–५ तेतरिया चोकमा आइतबार राति ८ः५० बजेतिर दुर्घटनामा परेको थियो । सडकको साइडमा रोकेर राखेको ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किर दुर्घटना हुँदा चालक खानको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

सप्तरी घर भएका उनी विराटनगर महानगरपालिका–१ मा डेरा बस्दै आएका थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका खानलाई उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी बस्नेतले दिए ।

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक खानको लापरबाहीकै कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार आफूले चलाइरहेको सवारीसाधनतर्फ चालकले ध्यान केन्द्रित नगर्दा दुर्घटना भएको पाइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर