पूर्वाञ्चल खबर
विराटनगर– ५ स्थित एभरेस्ट बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश प्रमुख स्काउट बुद्धिकुमार राजभण्डारीले विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई पदक र प्रशंशा पत्र वितरण गरे । वर्ष २०७८ मा नेपाल स्काउटले घोषणा गरेको कोभिड– १९ संक्रमणको समयमा शव व्यवस्थापन गर्ने स्काउटरहरुलाई पराक्रमी पट्ट पदक तथा प्रशंसा पत्रले सम्मान गरिएको छ । यस्तै डाक्टर अन कल कार्यक्रम मार्फत चिकित्सा परामर्श सेवा उपलब्ध गराउने चिकित्सकहरुलाई स्वयंसेवी पदक र एसएमएस, खाधान्न वितरण र क्वारेन्टाइन व्यवस्थापनमा काम गर्ने स्काउटर, रोभर र रेन्जरहरुलाई स्वयंसेवी पदक र प्रमाणपत्र वितरण गरिएको छ ।
कार्यक्रममा मन्त्री राजभण्डारीले साहसी कार्यमा सम्लग्नहरुलाई धन्यवाद दिँदै कोशी प्रदेशमा स्काउटको विकास र विस्तारका लागि प्रदेश सरकारले उचित सहयोग गर्ने बताए। उनले भने ‘आवश्यक सबै सहयोग गर्न मन्त्रालय र प्रदेश सरकार सदैव अभिभावकको रुपमा उपस्थित हुने बताए।