युवा उद्यमी मञ्चको पहिलो लर्निङ सेसन सम्पन्न

खबर पूर्वाञ्चल, २३ बैशाख २०७८, बिहीबार १७:४०

विराटनगर / नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको नयाँ कार्यसमितिले कार्यकालको पहिलो लर्निङ सेसन नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणासँग सम्पन्न गरेको छ ।

कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण अनलाईन जुममार्फत भएको अन्तरक्रियामा महासंघकी निवर्तमान अध्यक्ष राणाले उद्योग व्यवसायमा आफ्नो यात्रा र अनुभव साटेकी थिईन । नेतृत्वमा महिला सहभागिता शीर्षकमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष राणाले दृढ इच्छाशक्ति र इमान्दारिता भए आफूले देखेको सपना पुरा गर्न असम्भव नहुने उल्लेख गरीन । राणाले युवा उद्यमीहरुलाई विश्वस्त भएर काम गर्न र राम्रा कामको अनुसरण गरिरहन सुझावसमेत दिईन ।

निवर्तमान अध्यक्ष राणाले कोभिडको महामारीले अर्थव्यवस्था र दैनिक जीवनयापनमा नराम्रो प्रभाव परेको भन्दै सरकारले यसबारेमा सोच्नुपर्नेमा जोड दिईन । उनले आजको समयमा स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पनि युवाहरुलाई सुझाव दिईन ।

युवा उद्यमी मञ्चले गरेको सिजनको पहिलो लर्निङ सेसनबाट युवाहरुमा सकारात्मक विचार र हौसला बढाएको मञ्चका सञ्चार संयोजक रितेश खनालले बताए ।

कार्यक्रममा नेपालभरका एकसय भन्दा बढी युवा उद्यमी तथा व्यवशायीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५