प्रदेश सांसदहरुद्धारा लकडाउनको विकल्प खोज्न माग

खबर पूर्वाञ्चल, २६ जेष्ठ २०७७, सोमबार २०:४२

विराटनगर / प्रदेश १ का प्रदेश सांसदहरुले कोरोना भाइरसले पारेको असर बारे व्याख्या गर्दै जनजीवन सामान्य बनाउन प्रदेश सरकारसंग माग गरेका छन् ।

प्रदेश १ प्रदेश सांसदले बजेट अधिवेशनको आज बसेको बैठकमा बोल्दै प्रदेश सांसदहरुले यस्तो माग गरेका हुन । सांसदहरुले कोरोना भाईरसको सम्भावित जोखिम नियन्त्रण एवं न्युनीकरण गर्न जारी गरिएको लकडाउनका कारण आम नागरिकको जनजीवनमा परेको असरप्रति गम्भीर हुन प्रदेश सरकारलाई आग्रह गरेका छन ।

बैठकको शुन्य समयमा बोल्दै सांसद ज्योति सुब्बा, बिमल कार्की, राजकुमार ओझा र बसन्तीदेवी यादवले लकडाउनका कारण मध्यम वर्गीय र दैनिक ज्याला मजदुरी गरेर घरपरिवार चलाउनेहरुको जनजीवन कष्टगर बन्दै गएको उल्लेख गर्दै लकडाउनको विकल्प माग गरेका छन् । उनीहरुले कोरोना सङक्रमितहरुको उपचारका निम्ति विकास गरिएको पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा तिब्बत सरकारले दिएको भेन्टिलेटरलगायतका अन्य स्वास्थ्य उपकरण तथा सामाग्रीहरु प्रयोगमा ल्याउन प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

कोरोना भाईरसका कारण रोजगार गुमाएकाहरुको उचित व्यवस्थापनका लागी प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने उनीहरुको भनाई छ । त्यस्तै सांसद प्रतापप्रकाश हाङगामले पहाडी क्षेत्रमा सडक र विजुलीको समस्या अझै यथावत रहेको भन्दै सरकारको ध्यान आकर्षण गराए । प्रदेश सभाको बजेट अधिवेशनको आजको वैठकमा प्रदेश वनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संसोधन परेकाले उक्त विद्येयक दफावार छलफलका लागी उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा पठाईएको छ ।

प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथिको छलफललाई भने आज पनि निरन्तरता प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५