न्यायिक समितिका कार्यबारे अनुभव आदान प्रदान

खबर पूर्वाञ्चल, १ भाद्र २०७९, बुधबार १७:५७
117
Shares
विराटनगर / ताप्लेजुङ दुईवटा स्थानीय पालिकाका न्यायिक समिति संयोजकले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अवलोकन गरेका छन् ।

आज ताप्लेजुङको फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा र आठराई–त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष शान्ता आङबोहाङले महानगरको न्यायिक समितिको अवलोकन गरेका हुन् । उनीहरूलाई महानगरकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक शिल्पा निराला कार्कीले स्वागत गरिन् । सो क्रममा उपप्रमुख कार्कीले न्यायिक समितिसित जनताको ठूलो विश्वास रहेको बताइन् । “हाम्रो न्यायिक समितिमा विभिन्न विवादका धेरै नै उजुरीहरू आउने गरेका छन् । त्यसलाई हामीले छिटोेछरितो रुपमा टुंग्याउने गरेका छौं,” कार्कीले थपिन्, “धेरै उजुरी आउनु भनेको न्यायिक समितिप्रतिको बढ्दो विश्वास पनि हो भन्ने हामीले ठानेका छौं ।”

प्रदेश–१ कै एउटा मात्रै महानगर भएकाले उसले गरेका कामबाट आफूहरूले पनि केही सिक्ने मौका मिलेको फुङलिङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक भीमादेवी ओझाको भनाइ थियो । आफूहरूले पनि न्यायिक समितिको कामलाई प्रभावकारी बनाइरहेको उनले बताइन् । सो क्रममा न्यायिक समितिका चुनौती, अवसर, दायित्वलगायतका विषयमा अनुभव आदानप्रदानसमेत गरिएको थियो । उनीहरूले महानगरको इजलासमा बसेर न्याय सम्पादन र छलफलको अवलोकनसमेत गरेका थिए ।

सो क्रममा महानगरको न्यायिक समिति सदस्य तीर्थेन्द्र नेउपाने, रुपा देउजा, कानुन अधिकृत शारदा थपलिया, फुङलिङ नगरपालिकाका निवर्तमान उपप्रमुख बमबहादुर भट्टराईलगायतको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५