RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा गायन प्रतियोगिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ आश्विन २०८०, बिहीबार १७:४३
702
Shares
विराटनगर / विराटनगर हाटखोलामा अवस्थित ग्रेडेड स्कुलले ग्रेडेड गायन प्रतियोगिता– २०८० आयोजना गरेको छ ।

विशिबार विद्यालय परिसरमा आयोजित गायन प्रतियोगितामा कक्षा १ देखि कक्षा १० सम्मका ३२ विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीहरुलाइ कक्षा १–५ र कक्षा ६–१० को दुई समुहमा विभाजन गरिएको थियो ।

कक्षा १–५ बाट प्रसिस्का बराल प्रथम, जिया भगत दोश्रो , सिम्रन सुवेदी तेश्रो तथा कक्षा ६–१० बाट प्रश्रय विष्ट प्रथम, कृतिका यादव दोस्रो र सुवाश्ना श्रेष्ठ तेस्रो भएका थिए ।

निर्णायकमण्डलमा गायक तथा संगीतकार प्रवलदिप विश्वास रहेका थिए । विजेताहरुलाई विद्यालयका प्राचार्य प्रेमलाल सिंह सुवाल आकर्षक पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य पनि प्रस्तुत गरेका थिए । समय समयमा विद्यालयले विभिन्न आतिरिक्त कृयाकलाप गर्दै आएको प्राचार्य सुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार