पूर्वाञ्चल खबर

एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले निश्चित संख्यामा विद्यार्थी भर्ना गर्नुको उद्देश्य गुणस्तरीय शिक्षाका लागि रहेको बताए। एभरेष्ट आफैंमा एउटा ब्राण्ड रहेकाले गुणस्तरलाई अत्यत्न ख्याल गरिने उहाँले बताए । अत्यन्त सुविधा सम्पन्न भौतिक पूर्वाधारमा उच्चतम प्रविधियुक्त शैक्षिक वातावरणमा अध्यापन हुने एभरेष्ट विद्यार्थी र अभिभावकको रोजाईमा पर्दै गएको छ ।
सिमित संख्या, गुणस्तरीय शैक्षिक वातावरण, स्थिर उत्कृष्ट नतिजा, विभिन्न अतिरिक्त कृयाकलाप र अन्तर्राष्ट्रिय फोरमहरुको उपयोग गर्ने वातावरणका कारण विद्यार्थी र अभिभावक आकर्षित हुँदै गएको पाइन्छ ।