कृष्ण अष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

खबर पूर्वाञ्चल, ३ भाद्र २०७८, बिहीबार १८:१८

विराटनगर / सरकारले कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने भएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठकले गाईजात्रामा नेवार समुदायका लागि देशभर बिदा दिनेसमेत निर्णय गरेको उनले जानकारी दिए ।

भदौ ७ गते गाईजात्रा छ । यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५