animated ellipse animated ellipse

बलुवाटार जग्गा प्रकरणमा अख्तियार कठपुतली जस्तो देखियो : उपसभापति गच्छदार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ आश्विन २०७८, बिहीबार १८:३८
450
Shares
विराटनगर / राज्यले नै मलाई षडयन्त्र गरेर फसाएको नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बताएका छन् ।

आज दिउँसो विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँग भेटघाटमा उनले सो कुरा बताएका हुन् । आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको भन्दै उपसभापति गच्छदारले जनताको हक अधिकारका लागि लड्ने मेरो विरुद्ध अख्तियार मतियार भएर काम गरेको बताए ।

मन्त्रिपरिषद्को निर्णय माथि अख्तियारले कारवाही गर्न नमिल्ने र यदि कारवाही नै गर्नु पर्ने भएमा मन्त्रिपरिषद् माथि कारवाही गर्नु पर्ने तर्क गर्दै उपसभापति गच्छदारले ५० वर्षको राजनीतिक यात्रामा लागेका म थारुका छोरा आदिवासी माथि अख्तियारले अन्याय गरेको बताए ।
उत्राईस महिना पछि आज मेरो राजनीतिक कर्म थलो एवं विपी कोइरालाको जन्म एवं कर्मभूमि मोरङमा उद्घोष गर्न चाहन्छु, ‘म अझै ११ वर्ष सक्रिय राजनीतिक गरिरहने छु ।’ उपसभापति गच्छदारले मलाई न्यायालयले पनि न्याय दिने विश्वास लिएको बताए ।

मलाई षडयन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको छ भन्दै उपसभापति गच्छदारले जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि आफू लडिरहने बताए । बलुवाटार जग्गा प्रकरणमा अख्तियार कठपुतली जस्तो देखिएको उनले भने ।

आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा फाँसी झुण्डिन तयार रहेको धारणा राख्दै उपसभापति गच्छदारले सैद्धान्तिक निर्णयका लागि प्रस्ताव लैजानलाई कारवाही गर्ने र अरुलाई उन्मुक्ति दिने अख्तियार सरकारको योजना अनुसार काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर