प्रदेश १ मा ४५० जनामा कोरोना संक्रमण, मंगलबारभन्दा ५१ जनाले बढी

खबर पूर्वाञ्चल, २३ भाद्र २०७८, बुधबार १८:३१

विराटनगर /पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या मंगलबारको भन्दा ५१ जनाले बढी हो । मंगलबार ३९९मा संक्रमण देखिएको थियो ।

१ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा ३१२ र ७३१ जनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३७, सुनसरीमा ७५, झापामा ६८, धनकुटामा १०, इलाममा ९, उदयपुरमा ४, पाँचथरमा ३, भोजपुरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५८, लेटाङमा २९, बेलबारीमा २५, सुन्दरहरैचामा ७, धनपालथानमा ६, पथरीशनिश्चरेमा ४, बुढीगंगामा ३, कटहरीमा २, मिक्लाजुङ, रतुवामाई र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ५५, धरानमा ९, रामधुनी र बराहक्षेत्रमा ४–४, दुहवी, बर्जु र इनरुवामा १–१, झापाको दमक र विर्तामोडमा १३–१३, मेचीनगरमा ११, भद्रपुरमा ७, शिवसताक्षीमा ६, कनकाई र कमल गाउँपालिकामा ४–४, अर्जुनधारा र गौरादहमा ३–३, बाहृदशीमा २, बुद्धशान्ति र गौरीगञ्जमा १–१ जनामा संक्रमण देखिएको छ ।

उता धनकुटाको धनकुटा नगरपालिकामा ९, साँघुरीगढीमा १, इलामको चुलाचुली र सुर्योदयमा ३–३, इलाम नगरपालिकामा २, देउमाईमा १, उदयपुरको चौदण्डीगढी, त्रियुगा, उदयपुरगढी र कटारीमा १–१, पाँचथरको फिदिम, हिलिहाङ, याङवरकमा १–१, भोजपुरको भोजपुर नगरपालिका र साल्पासिलिछोमा १–१, र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९७ महिला र १०१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५