AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा कोरोनाबाट ६ जनाको मृत्यु, संक्रमितको संख्या १६ सय नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ श्रावण २०७७, बुधबार १६:५२
36
Shares
विराटनगर /बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएसँगै प्रदेश १ मा कोरोना कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

मृतक सबै मोरङका रहेका रहेका छन् । मृत्युु हुनेमा पनि चार जना विराटनगर महानगरपालिकाका मात्रै छन् भने मोरङको सुनवर्षी र रंगेलीका गरेर दुई पुरुषको कोरोनाका कारण यसअघि नै मृत्यु भइसकेको छ ।

आज विहान मोरङको बूढीगंगा गाउँपालिका –२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । ती पुरुषलाई उपचारका लागि एक साताअघि प्रतिष्ठानमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचाररत उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको बताइएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ । आज ४८ जना थपिएका छन् । मोरङका २४, सुनसरीका १४, झापाका ९ र प्रदेश १ बाहिरका १ जना छन् । मोरङको विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष ३ महिला, स्थानीय तह नखुलेका २ पुरुष, सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहवीका ३ र कोशी गाउँपालिका २ पुरुष, झापाको मेचीनगरका ३ पुरुष ३ महिला, भद्रपुरका ३ पुरुष र रौतहटको गौरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा देखिएका संक्रमितमध्ये इलाका प्रहरी कार्यालय रानीमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सइ)लाई पनि कारोना संक्रमण पुष्टि भएको हो ।

तेह्रथुम प्रहरीमा दरबन्दी रहेका उनले मंगलबार सरुवाको लागि रमाना बुझेका थिए । दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुम जानुभन्दा अगाडि कोरोना जाँचको लागि कोशी अस्पतालमा स्वाब दिएका थिए । बुधबार आएको रिपोट अनुसार कारोना पोजेटिभ आएको मोरङ प्रहरीले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा आज थपिएको १२ संक्रमितमध्ये विराटनगर ८ मा ३ जना, ११, १२ र १५ मा २–२ जना संक्रमित रहेका छन् । यस्तै विराटनगर ९, ६ र १३ मा १–१ जना संक्रमित रहेका छन् । विराटनगरमा आज देखिएको संक्रमित सबै पुरूष हन् । योसँगै विराटनगरमा कोरानो संक्रमितको संक्रमितको संख्या ३५४ पुगेको छ ।

प्रदेश १ मा आज ४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरीका ४ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १८ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १० महिला ३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर