खबर पूर्वाञ्चल
विराटनगर ८ र ११ वडामा आज सबैभन्दा बढी संक्रमित देखिएको हो । यी दुई वडा १२÷१२ जना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगर ८ मा ७ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै विराटनगर ११ मा ९ पुरुष र ३ जना महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरि विराटनगर १२ मा ५ जना, १० मा ४ जना र विराटनगर ६ मा तीन जनालाई संक्रमण देखिएको छ । विराटनगर ७ र १४ मा २÷२ जनालाई संक्रमण देखिएको छ । यसैगरि विराटनगर १, २, ३, ५, ९,१५ र १६ मा १ ÷ १ जनामा संक्रमण देखिएको छ । ३७ पुरुष र १२ महिला गरि ४९ जना वडा नखुलेको संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
विराटनगर वडा नम्बर १० मा देखिएको ४ जना मध्यै ३ जना एकै परिवारको रहेको वडा अध्यक्ष माधवराज बाग्लेले जानकारी दिए । ६ दिन अगाडि कोराना संक्रमित भएर कोभिड अस्पताल विराटनगरमा उपचाररत एक पुरषका श्रीमती, छारी र भाई आज संक्रमित भएको अध्यक्ष वाग्लेले बताए ।
कोरानाको कारण विराटनगरमा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुने विराटनगर ९ का दुई जना, २, ३, ५, ८, १०, १५, ३ वडाका १ ÷ १ जना छन् । विराटनगर २ का एक जना महिला र ८ जना पुरुषको कारोनाको कारण मृत्यु भइसकेको छ ।