प्रदेश १ मा थप ३०३ जनामा संक्रमण पुष्टि, २५९ जना संक्रमणमुक्त

खबर पूर्वाञ्चल, १५ आश्विन २०७८, शुक्रबार १७:२५

विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, सुनसरीमा ३९, धनकुटामा २, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५०, बेलबारीमा १३, बुढीगंगा र सुन्दरहरैचामा ३–३, रतुवामाई, लेटाङ, उर्लाबारी र पथरीशनिश्चरेमा १–१, झापाको विर्तामोडमा १४, मेचीनगरमा ११, दमकमा १०, भद्रपुर र अर्जुनधारामा ६–६, कनकाईमा ५, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, हल्दिबारीमा २, बुद्धशान्ति र बाहृदशीमा १–१, सोलुखुम्वुको महाकुलुङमा ५० जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको इटहरीमा २७, इनरुवामा ४, धरानमा ३, रामधुनी र बराहक्षेत्रमा २–२, गढीमा १, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा १–१, पाँचथरको फिदिम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३६ महिला र १२३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५