प्रादेशिक पत्रकारिता पुरस्कारबाट ४ जना पुरस्कृत

खबर पूर्वाञ्चल, ११ असार २०७८, शुक्रबार १८:०६

विराटनगर / प्रदेश १ सरकारले ४ जना अग्रज पत्रकारलाई पुरस्कृत गरेको छ ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वितरण गर्नेगरि प्रदेश सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कार आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरे उनीहरुलाई वितरण गरिएको हो ।

पुरस्कृत हुनेमा झापा भद्रपुरका गोविन्दचन्द क्षेत्री, दमकका गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङ रहेका रहेका छन् । चारै जना अग्रज पत्रकारलाई मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जनहि एक लाख रुपैयाँसहित पुरस्कृत प्रदान गरे ।

प्रदेश सरकारले आर्थिक बर्ष २०७४–०७५ देखि प्रत्येक वर्ष दुई जनाको दरले अग्रज पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमणका कारण गत वर्ष र यो वर्षको एकमुष्ट गरी चार जनालाई पुरस्कार प्रदान गरिएको प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले बताए । उनका अनुसार प्रादेशिक पुरस्कार हरेक वर्ष बैशाख २४ गतेका दिन वितरण गरिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५