दाजुको हत्या आरोपमा भाई पक्राउ

खबर पूर्वाञ्चल, २६ असार २०७८, शनिबार १५:३६

विराटनगर/ दाजुको हत्या आरोपमा विराटनगरमा एक जना भाई पक्राउ गरेका छन् ।

विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ४२ वर्षीय भोला सिंहको हत्या आरोपमा उनका आफ्नै भाई ३१ वर्षीय काले भनिने साजन सिंह आज पक्राउ परेका हुन् । हत्या आरोपमा पक्राउ परेका साजनले दाजु भोलाको पारिवारिक विवादमा हत्या गरेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।

मृतक भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । उनी गत वैशाखमा विदामा घर आएका थिए ।
लागूऔषध दुव्र्येसनी रहेका साजनले नशामा लठिएपछि शुक्रबार राति साढे १० बजे धारिलो हतियार प्रहार गरेर दाजुको हत्या गरेका प्रहरीले जनाएको छ ।

लागुऔषधको दुव्र्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन (मापसे) गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी जिसीको भनाइ छ ।
गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुर्याएको थियो । तर अस्पताल पुर्याउनसाथ राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको जिसीले बताए ।

दाजुभाइको राती झगडा, सुत्ने बेलामा चक्कुले हानेर हत्या
साजन लागूऔषध दुव्र्यसनी हुन् । शुक्रबार राती मदिरा सेवन गरेर घर आएका थिए । चार तलाको घर भए पनि उनी भुइँतलाको बायाँ कोठामा बस्दै आएका थिए । उनी मदिरा सेवन गरेर करिब ९ बजे घर आए । उनी विवाहीत हुन् । तर, केही महिना अगाडि श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । शुक्रबार राती घरमा आउँदा सम्बन्ध विच्छेद गरेका श्रीमतीलाई देखेपछि विवाद गर्न थाले । नशालु पदार्थ खाएर साजनले दैनिक जसो श्रीमतीलाई कुटपिट गरेपछि आजित भएर सम्बन्ध विच्छेद भइसकेको परिवारले जनाएको छ ।

‘सँधै मादक पदार्थ र लागुऔषध सेवन गरेर घरमा श्रीमतीलाई कुटपिट गर्ने र यातना दिने गरेको खुल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘झैझगडा र अत्याचार सहन नसकेपछि श्रीमतीले सम्बन्ध विच्छेद गरेको पाइएको छ ।’

उनीसँग सम्बन्ध विच्छेद भए पनि श्रीमती भने साजनका परिवारकै सदस्यको संरक्षणमा थिइन् । आफूसँग नाता टुटाइसकेकी श्रीमतीलाई घरमै संरक्षण दिएर राखिएको भन्दै साजनले विवाद गरेर परिवारमा झैझगडा सुरू गरे । ‘साजनले कोठामा भएको फर्निचरको सामान तोडफोड गरेपछि भाउजु र दाजुले सम्झाइ बुझाइ गरेका थिए । अरेटी भएर कोठाको सरसमान तोडफोड गरेपछि झोलाले भाइलाई कुटपिट गरेका रहेछन् । त्यसपछि झोला बाटो तिर गए । माहोल शान्त भयो होला भनेर भोला सुत्न आफ्नो कोठामा छिरेर बसेका मात्र के थिए । साजनले चक्कुले दाजुको घाँटी, हात र टाउकामा प्रहार गरे । भोला त्यही ढले,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

हत्यागर गरेपछि साजन बाथरूममा लुके
दाजु हत्या गरेपछि पनि साजन घरमै बसेका थिए । दाजुलाई धारिलो हतियार प्रहार गरेपछि उनी भुइँतलादेखि माथिल्लो तलामा बाथरुमा गएर बसेका थिए । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ र मोरङ प्रहरीबाट खटिएको टोलीले साजनलाई घरभित्र रहेको बाथरुमदेखि पक्राउ गरेर शुक्रबार राती लगेको प्रहरीले जनाएको छ ।

लागुऔषधका दुव्र्यसनी रहेका साजनलाई विगतमा पनि विभिन्न अपराधिक घटनामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले पटक–पटक पक्राउ गरेर कारबाही गरेको थियो । घटनाको गम्भीर ढंगले अनुसन्धान सुरु गरिएको एसपी जिसीले बताए । दाजुको हत्यामा संलग्न साजनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान थालिने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५