खबर पूर्वाञ्चल
यसअघि भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रन तथा आइतबार भएको खेलमा सुपर ओभरमा पराजित गरेको थियो ।
आज भएको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो ।
जवाफमा अमेरिकोले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८ दशमलव ४ बलमा २ विकेट गुमाई भेट्टायो । नेपालको जितमा विकेटकिपर आशिफ शेखले अर्ध सतकीय पारी खेले उनले ३९ बलमा २ छक्का र ५ चौका प्रहार गर्दै ५० रनमा आउट भए । आशिफबाहेक कुशल मल्लले ३ण् बलमा १ छक्का र ४ चौका प्रहार गर्दै ४४ रनमा अविजित हुँदा कुशल भुर्तेलले पनि ३२ बलमा १ छक्का र २ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे । अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले १–१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ५६ रन बनाएको थियो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८ रन बनाउँदा मिलिन्ड कुमारले ४३ रन , आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका सोमपाल कामीले ३ विकेट तथा रिजन ढकाल र ललित राजवंशीले १–१ वकेट लिए ।
यसअघि लिग–२ का लागि क्यानडामा गएको नेपाली टोलीले निराशाजनक प्रदर्शन गरेको थियो । अमेरिका पुगेपछि भने नेपाली खेलाडीले आशालाग्दो प्रदर्शन गरेका छन् ।
तपाईको प्रतिक्रिया