खबर पूर्वाञ्चल
आज दिउँसो भारतको सुपौलबाट आएको खाली ट्रकबाट प्रहरीले चेकजाँचको क्रममा एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट १ करोड ९ लाख ७९ हजार ५ सय ३० रुपैयाँ भारतीय रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला, सिलिगढी गंगानगर वडा नं ५ का २४ वर्षीय चालक रवीन्द्र शर्मा र भारतकै जिल्ला महजपुर, बिहार रौतिमिया वडा नं १२ का १८ वर्षीय पप्पु कुमार रहेको सशस्त्र प्रहरीका एसपी नेत्र कार्कीले जानकारी दिए । बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान नोट रहेको एसपी कार्कीले बताए ।
नाकामा भारतबाट प्रवेश गरेको डब्लूबी ७३ ई ७६३५ खाली ट्रक खानतलासी गर्दा बोराभित्र राखेको अवस्थामा सो रकम फेला परेको थियो । खाली गाडीमा गुट्खाको ¥यापरले बेरेर लुकाएर ल्याइएको अवस्थामा सो रकम बरामद भएको हो । बरामद रकम कसले भित्र्याएको हो भन्ने अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।
खाली गाडी भएका कारण भारत पक्षले परीक्षण नगरी नेपाल प्रवेशको अनुमति दिएको थियो । नेपालमा भने जाँच गर्दा बोराभित्र राखेको अवस्थामा रकम बरामद भएको सशस्त्र प्रहरीका एसपी कार्कीले जानकारी दिए । सो रकम हुण्डी कारोवारीले ल्याएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
तपाईको प्रतिक्रिया