खबर पूर्वाञ्चल
विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो ।
कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका अध्यक्ष केशव सिंश सुवालले गरेका थिए । नेपालका प्रख्यात उत्प्रेरक जागरण बेल एकेडेमी, रिट्रिट सेन्टरका तारा जीले अबिभावकहरुलाई बाल मनोविज्ञान, बाल हेरचाह तथा अविभावकहरुको भुमिकाको बारेमा जानकारी गराएका थिए । विद्यालयले बाल विकासका विकासका लागी यस प्रकारको विभिन्न कार्यक्रमहरू गर्दै आएको विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवाल बताए ।
कार्यक्रममा हिमालयन दर्शन कलेजका प्रमुख भरत सापकोटा , प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठ, पनि उपस्थिती रहेको थियो ।