AArya
animated ellipse animated ellipse

वरिष्ठ साहित्यकार परशु प्रधानको योगदानको चर्चा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ चैत्र २०८०, शनिबार १८:०२
81
Shares
विराटनगर/ नेपाल भाषा साहित्य र राष्ट्रसेवामा वरिष्ठ साहित्यकार परशु प्रधानको योगदान अतुलनीय रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

विराट साहित्य संगमको संयोजनमा आज डेढ दर्जनभन्दा बढी संघसंस्थाले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्ने वक्ताहरुले परशु प्रधानको जति नै चर्चा गरे पनि कमी हुने बताएका हुन् ।

कार्यक्रममा अग्रज साहित्यकार एवं पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले परशु प्रधानले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पु¥याएको चर्चा गरे । उनले साहित्यका माध्यमबाट शासकको चरित्र, सुशासन, समाज सुधार र लैंगिक समानतालगायतका विषयमा फरक ढंगबाट प्रस्तुत गरेको उल्लेख गर्नुभयो । प्रधानले वाणी प्रकाशन स्थापना गरेर विराटनगरलाई साहित्यिक केन्द्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

नागरिक समाजका अगुवा दिनेश श्रेष्ठले एकतन्त्रीय पञ्चायत शासनकालमा पनि प्रधानले आफ्ना लेखनमार्फत पञ्चायत शासनमा हुने भ्रष्टाचार, नेता र कर्मचारीका प्रवृत्तिलगायतलाई सशक्त रुपमा उठाउनु सामान्य कुरा नभएको टिप्पणी गरे । साहित्यकार देवी पन्थीले प्रधानले वाणी प्रकाशन स्थापना गरेर धेरैलाई साहित्यकार बनाएको स्मरण गरे । आफूलाई राष्ट्रियस्तरमै साहित्यकारका रुपमा स्थापित गराउन प्रधानको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले वरिष्ठ साहित्यकार प्रधानलाई आफूले गडफादरका रुपमा लिने गरेको बताए । उनले आफ्नो साहित्यिक र व्यक्तिगत जीवनमा प्रधानले कहिल्यै तिर्न नसक्ने गुन लगाएको स्मरण गरे ।

सो अवसरमा प्राध्यापक कविराज न्यौपाने, उपभोक्तावादी नेता कृष्णप्रसाद भण्डारी मार्सेली, अग्रज साहित्यकार मधु पोखरेल, रामबाबु दाहाल, समाजसेवी बाबुराम न्यौपानेलगायतले परशु प्रधान कुशल साहित्यकार, सम्पादक, संगठक भएको बताए । उनीहरुले प्रधानका साहित्यिक, प्रशासनिक, पारिवारिक, सामाजिकलगायत फरक–फरक व्यक्तित्वका विषयमा चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर