AArya
RUMPUM
animated ellipse animated ellipse

मागका आधारमा होइन आवश्यक्ताको आधारमा विकास हुनु पर्छ : मन्त्री राई 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ असार २०८२, मंगलवार १८:११
72
Shares
विराटनगर/ कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले विगत सात वर्षको अवधिमा प्रदेशमा भौतिक पूर्वाधार संरचना  निर्माणले फड्को मारेको बताएका छन् ।
प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र नेपाल पत्रकार महासंघ कोशीद्वारा आज विराटनगरमा आयोजित ‘सञ्चार माध्यम मार्फत उत्पादन, बजार र पूर्वाधार विकासको अन्तर सम्बन्धी बहस कार्यक्रमको उद्घाटन गर्दै उनले पहाडी क्षेत्रमा सडक निर्माणले त्यस क्षेत्रका कृषि उत्पादनले तराई तथा सीमावर्ती भारतीय क्षेत्रमा बजारीकरणले कृषकहरुको जीवनस्तरमा उल्लेखनीय प्रगति भएको जानकारी गराएका हुन् ।
मन्त्री राईले मागका आधारमा होइन आवश्यक्ताको आधारमा विकास हुनुपर्नेमा जोड दिँदै सञ्चार माध्यमले तराई, पहाड एवं हिमाली क्षेत्रको कृषि लगायतका घरेलु उत्पादनको प्रचार प्रसारमा सहयोग गरी मुलुकको समृद्धिमा एउटा इटा थप्न आग्रह गरे । उनले प्रदेश सरकार रोजगारी सिर्जना  र स्थानीय उत्पादनको उचित मूल्य प्राप्त होस उद्देश्यले  कार्य गरिरहेको बताए ।
महासंघका कोशी अध्यक्ष भरत खड्का, उपाध्यक्ष कुमोद अधिकारी, महासचिव  हिमा चेम्जोङ, महासंघ मोरङ अध्यक्ष शुसिला पाठक, महासंघका कोशीका सल्लाहाकार विवेक गौतम, महासंघ मोरङका पूर्व अध्यक्ष बन्धु पोखरेल, प्रैस युनियन कोशीका अध्यक्ष मीनकुमार नवोदित, प्रेस चौतारी कोशीका महासचिव बाबुराम भण्डारी, उद्योगी अनिल साह, होटल व्यवसायी राजन श्रेष्ठ र महासंघका कोशीका सल्लाहाकार लिलाबल्लभ घिमिरेलगायतले सात वर्षको अवधिमा प्रदेशमा निर्माण भएका एक हजार किलोमिटर भन्दा वढी  कालोपत्रे सडकका कारण रोजगारी र स्थानीय उत्पादनले बजार प्राप्त गर्न सहयोग पुगेको धारणा राखेका छन् ।
कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य अमर खड्काले सञ्चार माध्यममार्फत उत्पादन , बजार र पूर्वाधार विकास विषयक कार्यपत्र प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर