विराटनगरमा ११ सहित प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए

खबर पूर्वाञ्चल, ३० चैत्र २०७७, सोमबार २२:१७

विराटनगर / विराटनगरमा ११ सहित प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । ३ सय ५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ ।
मोरङमा देखिएका सवै संक्रमित विराटनगरका रहेका छन् । त्यस्तै सुनसरीको इनरुवा र धरानमा २–२, दुहवी र इटहरीमा १–१, झापाको दमकमा र भद्रपुरमा १, संखुवासभाको खाँदबारीमा २ र धर्मदेवीमा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ७० पुगेको छ । सक्रिय संक्रमितको संख्या १ सय ४० रहेकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५