AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल वक्कतृत्वकला प्रतियोगिताको उपाधि बुढानिलकण्ठलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ आश्विन २०८१, बिहीबार १६:४१
396
Shares
विराटनगर / पूर्वाञ्चल वक्कतृत्वकला प्रतियोगिताको उपाधि विराटनगरको बुढानिलकण्ठ स्कुलकी सेविका दाहालले जितेकी छिन् ।

पूर्वाञ्चल विद्या सदन बोडिङ स्कुललले आयोजना गरेको युवाहरूको विदेश मोह र देशको भविष्य विषयक वक्कतृत्वकाल प्रतियोगिताको उपाधि २६ स्कुललाई पछि पार्दै दाहालले उपाधि जितेकी हुन् ।

प्रतियोगिताको द्वितीय अर्पण स्कुलकी प्रश्नना खड्का , तृतीय सिद्वार्थ स्कुलकी स्वानिका ढकाल स्कुल र सान्त्वना ग्रिनल्याण स्कुलका मयाङ मिश्र, डनबस्को स्कुलकी सुष्मा बुढाथोकी भइन्। प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमश ५ हजार, ३ हजार, २ हजार र १ हजार पाएका छन् ।

राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले आयोजना गरेको अन्तर विद्यालय स्तरीय प्रतियोगितामा विराटनगर भित्रका २७ वटा विद्यालय सहभागी रहेको प्रिन्सपल अर्जुन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको निर्णायकमा पत्रकार मिनकुमार नवोदित र साहित्यकार निर्मला कोइराला रहेका थिए । विजेता विद्यार्थीलाई प्याब्सन कोकी प्रदेशका अध्यक्ष टिकाराम ढकाल, कोषाध्य राजेश आचार्य, प्याब्सन मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, कोषाअध्यक्ष विष्णु डंगोल, विराटनगर अध्यक्ष मोहन बुढाथोकी, सल्लाहकार साबित्रीकुमारी पराजुलीले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर