पूर्वाञ्चल खबर


एभरेष्ट कलेजका प्रिन्सिपल टीकाराम पुरीले अन्तर्राष्ट्रियस्तरको भौतिक पूर्वाधारसहित कलेज सञ्चालन गर्न लागिएको बताए । “विगत तीन दशकदेखि विद्यालय तहमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको यस संस्थाले अब आईटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ,” उनले भने ।
आठ सेमेस्टर अर्थात् चार वर्षे अवधिको यस बीआईटी कार्यक्रममा सफ्टवेयर डेभलपमेन्ट, मोबाइल एप्लिकेसन, साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स एआई, क्लाउड कम्प्युटिङ र डाटा एनालिटिक्स जस्ता आधुनिक विषयहरू समावेश छन् ।
काठमाडौं विश्वविद्यालयको पाठ्यक्रमअनुसार सञ्चालन हुने यो कार्यक्रममा सैद्धान्तिक ज्ञानसँगै इन्टर्नसिप र प्रोजेक्ट वर्कलाई विशेष प्राथमिकता दिइने कलेजको भनाइ छ ।
कलेजका अनुसार बीआईटी उत्तीर्ण गर्ने विद्यार्थीले बजारमा सफ्टवेयर इन्जिनियर, साइबर सुरक्षा विश्लेषक र प्रविधि उद्यमीका रूपमा आफूलाई स्थापित गर्न सक्नेछन् । साथै, यसपछि एमआईटी वा डाटा साइन्स जस्ता स्नातकोत्तर तहका कार्यक्रममा समेत सहजै प्रवेश पाइनेछ ।
विश्वविद्यालयले यस कार्यक्रमका लागि असार ५ गतेदेखि २५ गतेसम्म भर्ना आवेदनको समय तोकेको छ । सीमित सिट संख्या रहेकाले इच्छुक विद्यार्थीलाई समयमै प्रक्रिया अघि बढाउन कलेजले आग्रह गरेको छ । सोही अवसरमा कलेजले कक्षा १२ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई सम्मान समेत गरेको थियो ।