प्रदेश १ मा १,२८१ कोरोनाका विरामी निको हुँदा थपिए ३९४ जना संक्रमित, ४ जनाको मृत्यु

खबर पूर्वाञ्चल, २ असार २०७८, बुधबार १८:१९

विराटनगर / पछिल्लो २ ४ घण्टामा प्रदेश १ मा १२८१ जना कोरोनाका विरामी निको भएका छन् । निको हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् ।

सवैभन्दा बढी मोरङबाट ५६३ जना कोरोनाका विरामी निको भएका छन् । हाल सम्म ५१७५ जना कोरोनाका विरामी निको भएकाछन् ।

सोही अवधिमा प्रदेश १ मा ३९४ जना कोरोनाका विरामी थपिएका छन् । झापामा १४१, मोरङमा १२५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकाश मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ५५, विर्तामोडमा २६, भद्रपुरमा २४, मेचीनगरमा ११, कनकाईमा ८, बा¥हदशी र शिवसताक्षीमा ४–४, अर्जुनधारा र हल्दिबारीमा २–२, कचनकवल, कमल गाउँपालिका, गौरादह, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ६३, लेटाङमा २१, पथरीशनिश्चरेमा ११, बेलबारीमा १०, कटहरीमा ७, सुन्दरहरैचा र उर्लाबारीमा ४–४, केराबारी र बुढीगंगामा २–२, स्थानीय तह नखुलेका १, सुनसरीको धरानमा ३८, इटहरीमा १८, रामधुनीमा ६, दुहवीमा ५, बराहक्षेत्रमा ४, इनररुवा र बर्जुमा ३–३, देवानगञ्जमा २, गढी र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा १५, उदयपुरगढीमा २, स्थानीय तह नखुलको १, संखुवासभाको चैनपुरमा ५ र खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर र साँघुरीगढीमा १–१, ताप्लेजुङको फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र अरुणमा १–१, इलामको रोङ र चुलाचृुलीमा १–१, पाँचथरमा १ , ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ भर ४ जना कोरोनाका विरामीको मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३१८ महिला र ७४९ जना पुरुष गरी १०६७ पुगेको छ ।

मृत्यु हुनेमा झापाका २ जना, सुनसरी र पाँचथरका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । विराटनगरको विराट शिक्षण अस्पताल र कोशी कोभिड उपचार केन्द्रमा १–१ जना तथा होम आइसोलेनसमा २ जना कोरोनाका विरामीको मृत्यु भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५