animated ellipse animated ellipse

एन्फा प्रदेश १ ले माग्यो सांसद प्रदीप यावदको राजीनामा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ जेष्ठ २०७७, शनिबार १३:०२
81
Shares
विराटनगर / अखिल नेपाल फुटबल संघले पूर्व खेलकुदमन्त्रीलाई १७ करोड रुपैया दिएको विवादास्पद अभिब्यक्ति दिएका सांसद प्रदीप यादवको एन्फा प्रदेश १ ले राजीनामा माग गरेको छ ।

सांसद प्रदीप यादवले खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई एन्फाले १७ करोड रुपैया दिएको आरोप निराधार भएको बताउँदै एन्फा प्रदेश १ तदर्थ समिति अध्यक्ष किशोर राईले कपोकल्पित आरोप लगाएका सांसदले राजीनामा दिनुपर्ने बताएका छन् । १७ करोड रुपैया दिएको अभिब्यक्ति पुष्टि गर्न चेतावनी दिदैं अध्यक्ष राईले गरिमामय पद धारण गरेका सांसद यादवले विना प्रमाण सबैलाई गुमराह बनाउन खोजेको भन्दै राजीनामा माग गरेका हुन् ।

नेपाली फुटबलको विकास गराउनेतर्फ अघि बढ्दै गर्दा ठूलो रकम दिनुपर्ने अवस्था नआएको उनको भनाई छ। ‘हिजोको दिन एन्फालाई दिशाहीन बनाएर अघि बढेको समूहको प्रतिस्थापन फुटबलप्रेमीले गरेका हुन्’ उनले भने, ‘अहिले लकडाउन र कोरोनाभाइरसको संक्रमणबीच फुटबललाई फेरि एकपटक कमजोर बनाउनेतर्फ विकास नचाहने तत्व लागि परेको छ। त्यसको प्रतिवाद पदाधिकारीले एन्फाभित्रैबाट गर्नुपर्छ।’

अहिलेको समय एन्फाको काम गर्ने भएको बताएका अध्यक्ष राईले भित्र र बाहिर दुवैतर्फबाट धमिरा लगाउने खेल सुरु भएकोप्रति चिन्ता ब्यक्त गरेकाछन्। ‘अहिले बाहिरको इशारामा चल्दै एकअर्कामाथि दोषारोपण गर्नु भन्दापनि एन्फाभित्र कम्तीमा फुटबलको बिकासको लागि सहकार्य गर्नुपर्छ। अब दुधका दुध पानीका पानी हुनुपर्छ नत्र, यो संस्कार कहिलेसम्म? सधै लुछाचुडीमै फुटबललाई घेराबन्दीमा पर्ने?’ उनले भने ।

अर्कोतर्फ एन्फाका केन्द्रीय सह–महासचिव बसन्त अर्यालपनि अध्यक्ष कर्माछिरिंग शेर्पाले समेत अभिब्यक्तिबारे जानकारी गराइसकेको हुनाले धेरै अनर्गल प्रचारबाजीमा लाग्न नहुनेमा जोड दिन्छन् । तराईको प्रतिनिधीत्व आफूहरुले पनि गर्ने बताएका अर्यालले ग्रासरुटमा १२ वर्ष उमेरसम्म समूहका बालबालिकालाई लक्ष्य गरि फुटबल सिकाउने गरिएको बताए । फुटबलसंगै राष्ट्रियताका विषयमा सिकाउनु बालबालिकालाई अघि बढाउनुले सकारात्मक सन्देश जाने उनको भनाई छ ।

पछिल्लो केही समययता एन्फाभित्रका असन्तुष्टिहरु सतहमा देखिएकाछन् । २ दशक लामो पीडाबाट बाहिरिएको नेपाली फुटबललाई निर्वाचित कार्यसमितिले काम गर्न नसकेको आरोपमा पदाधिकारीनै रुष्ट देखिएकाछन्। जसलाई एन्फाबाहिरबाट समेत सघाउ पुगिरहेको अर्याल बताउँछन् ।

त्यसैगरि, एन्फाका केन्द्रीय सदस्य दीर्घबहादुर केसी ‘कुमार’ले अहिलेको विषम परिस्थितीमा नेपाली फुटबललाई काम गर्ने समयसम्म सकारात्मक रुपमा साथ दिनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘यहाँ एक अध्यक्षमात्र असफल हुदैनन्। सारा फुटबलप्रेमीले को कसरी काम गरिरहेकाछन् मुल्यांकन गरिरहेकाछन्। असफल हुदाँ एन्फानै हुने हो। त्यसैले एकजुट भएर काम गर्नुको विकल्प छैन।’

मधेशको विषयमा अध्यक्ष कर्मा छिरिंग शेर्पाले दिएको अभिब्यक्तिलाई अतिरंजित बनाइएको भन्दै सदस्य केसीले भने, ‘समग्र तराई नेपाली फुटबलको उर्वर भूमिमध्ये एक हो। जहाँ ग्रासरुटका कार्यक्रम सञ्चालनमा छन्। अनुशासनमा रहेर फुटबल खेलिनु, अभ्यास गर्नु र सानैबाट फुटबललाई उत्प्रेरित गर्नु नै एन्फाको उदेश्य रहेको छ।’

खेलकुदले सबैलाई समान ब्यवहार गर्ने बताएका केसी भन्छन्, ‘फुटबलले सबैलाई एक बनाउने कार्यमा जोडदिन्छ। ग्रासरुट मात्र नभएर तराईमै महिला एकेडेमी बनिरहेको छ। एन्फा समग्र भुगोल र क्षेत्रमा फुटबलको विकासमा खटिएको छ। त्यसैलेपनि अहिले विभिन्न आरोप प्रत्यारोप गर्नुभन्दा सबैले फुटबलको कामलाई ध्यान दिनुपर्छ।’

चारवर्षको लागि नेपाली फुटबललाई विकासको बाटोमा लैजान अध्यक्ष शेर्पासहितको कार्य समितिलाई म्यान्डेट छ। फुटबलमा परिवर्तन ल्याउने उदेश्यसहित एकढिक्का भएको समिति दुइवर्षको कार्यकालमा रुमलिएको छ ।

एन्फाभित्र भएका कमीकमजोरीलाई आपसी छलफलबाट टुंगाउन नसक्दा यसले थप विषम परिस्थिती सृजना गर्ने फुटबललाई नजिकबाट नियालिरहेका पूर्वपदाधिकारीहरु बताँउछन। अहिलेको कार्यकाललाई स्पस्ट रुपमा काम गर्न दिनुपर्ने बताँउदै उनीहरु एन्फा आपसी विवादमा मुछिनुभन्दापनि एक हुनुले फुटबलको हित हुने प्रस्टाउँछन्।

एन्फाका पदाधिकारीहरुले एन्फाप्रति नकारात्मक सोचराख्ने तत्वले धमिलो पानीमा माछा मार्ने काम गरिरहेको बताँउछन्। एन्फाको ४ वर्षे कार्यकालको म्यान्डेट पाएको निर्वाचित समितिलाई एकपछि अर्को लान्छना लगाएर फुटबल धराशायी बनाउने खेलमा ती तत्व लागि परेको उनीहरुको बुझाई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर