AArya
animated ellipse animated ellipse

सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ :डा. कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०८०, बुधबार ०८:५४
90
Shares
विराटनगर /  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीयतालाई सफल कार्यान्वयन गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताएका छन् ।
 मोरङको वुढीगंगा गाउँपालिका–२ साक्माहास्थित  लिलाभक्ता राम आधारभूत विद्यालयको नव निर्मित भवन र अभिभावक दिवसको उद्घाटन गर्दै डा.कोइरालाले सो कुरा बताएका हुन् । मुलुकलाई समृद्धितर्फलान  राजनीतिक दलहरुले भ्रष्टाचार नियन्त्रण , सशासन कायम गरी जनतामा गणतन्त्र एवं सङघीयलाई चुस्तदुरुस्त बनाउन प्रतिवद्ध हुनुपर्नेमा डा.कोइरालाले जोड दिए ।
डा.कोइरालाले  चालु आर्थिक बर्षको छ महिनामा विकास खर्च १० देखि ११ प्रतिशतसम्म मात्र भएकोमा चिन्ता व्यक्त यसमा आवश्यक सुधार गर्न सरकार गम्भिर हुनुपर्ने बताए । उनले युवाहरुको विदेश पलायन हुने कार्य अन्त्यका लागि राज्यले निजी क्षेत्रलाई उद्योग स्थापनामा प्रोत्साहन गर्न आवश्यक नीति नियममा संशोधन गर्नुपर्ने बताए ।
डा. कोइरालाले विद्यालयलाई कक्षा १० सम्म सञ्चालन गर्नका साथै विद्यार्थीहरुलाई स्वआर्जनका लागि प्राविधिक तथा व्यवसायिक तालीम परिषद्( सिटिइभिटी)सम्बन्धनको लागि  आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।
गाउँपालिकाका अध्यक्ष  जीतनारायण थापा मगर नेपाल उद्योग परिसङ्घका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, नेपाल जेसिजका पूर्व गर्भनर राजन खत्री लगायतले दलित तथा आदिवासी जनजातीको वसोवास रहेको यस क्षेत्रमा विद्यालय स्थापनाले गाउँ, समाज र पालिकाको शैक्षिक सुधार   एवं विकासमा सहयोग पुगेको बताए ।
कक्षा ८ सम्म अध्ययन हुने उक्त विद्यालयमा  १८१ छात्रा सहित ३५५ विद्यार्थीहरु मध्ये ८२ प्रतिशत दलित र ११ प्रतिशत आदिवासी जनजातिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर