महानगर प्रमुखको प्रेस संयोजकमा नवोदित नियुक्त

खबर पूर्वाञ्चल, १८ जेष्ठ २०७९, बुधबार १८:०८
3.49k
Shares

विराटनगर / विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रेस संयोजकमा प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत पत्रकार मीनकुमार नवोदित नियुक्त भएका छन् ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय नवोदित जेठ १६ गतेदेखि लागू हुनेगरी प्रेस संयोजकमा नियुक्त भएका हुन् । घटना र विचार साप्ताहिकबाट पत्रकारिता सुरु गरेका नवोदितसित दर्शन दैनिक, न्यू सृष्टि दैनिक, विराटपथ दैनिकलगायत पत्रपत्रिकाको सम्पादकीय अनुभव छ । हाल मकालु टेलिभिजन र कारोबार दैनिकमा आबद्ध नवोदित साहित्यमा समेत सक्रिय छन् ।

उनका समयको बयानसहित तीनवटा कृति प्रकाशित छन् । युवा साहित्यकारलाई नेपाल सरकारले दिने सबैभन्दा महत्वपूर्ण पुरस्कार ‘युवा वर्ष मोती पुरस्कार’ समेत नवोदितले पाइसकेका छन् । नेपाली लेखक संघ, प्रजातान्त्रिक विचार समाज, मानवअधिकार तथा शान्ति समाजलगायत दुई दर्जन बढी संस्थामा आबद्ध नवोदित महानगरले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्ने बताउँछन् । महानगर र पत्रकारलाई जोड्ने पुलका रुपमा आफूले काम गर्ने उनको भनाइ छ । “म जहिले पनि पदमा बसिसकेपछि त्यो पदलाई न्याय गर्नुपर्छ भन्ने विचार बोकेर हिंड्ने व्यक्ति हुँ,” नवोदितले भने, “मेरो काम भनेको महानगरसित पत्रकार भनौं या सञ्चारमाध्यमलाई जोड्ने हो, त्यसमा म सधैं सक्रिय रहनेछु ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५