संघ सन १७९६ ई. मा जर्मनीमा डा. सैमुअल क्रीश्चीयन फ्रेडरिक हैनिमैनले होमियोपैथिक चिकित्सा पद्धतिको अविष्कार गरी सम्पूर्ण विश्वलाई स्वास्थ्य लाभको क्षेत्रमा ठूलो योगदान पु¥याउनु भएको छ ।
उहाँ एलोपैथिक चिकित्सा विज्ञानमा एम.डी. उपाधि प्राप्त गर्नु भएको थियो ! जर्मनीका एलोपैथिक चिकित्सक हैनिमैन (एम.डी.) ले एलोपैथिक चिकित्सा पद्धतिबाट उपचार गर्दा प्रयोग गरिएका औषधिबाट साईड इफेक्टका काराण मानव स्वास्थ्यमा गम्भीर प्रकारका समस्याहरू थप हुँदै गएको देखेर यसको विकल्पमा लामो समयको अनुसन्धान गरिए पश्चात सन १७९६ ई. मा होमियोपैथिक चिकित्सा पद्धतिको आविष्कार गर्नु भएको थियो ! होमियोपैथिक चिकित्सा पद्धतिका अविष्कारक डा. सैमुअल हैनिमैन को जन्म जयंतीको अवसरमा “विश्व होमियोपैथिक दिवस” को रूपमा – मनाउदै आईरहेका छौं ।
आज महात्मा हैनिमैनको २६८ औं जन्म जयंती रहेको छ ! विश्व स्वास्थ्य संगठनले सुरक्षित, कर्म खर्चिलो र स्वस्थ मानव शरीर मै औषधि परिक्षण गरिने यो चिकित्सा विज्ञानलाई सबै भन्दा आधुनिक चिकित्सा विज्ञान भनेर मान्यता दिएको छ । सन् १७९६ मा जर्मनीबाट सुरु भएको होमियोपैथिक चिकित्सा पद्धति संसारका सबै देशमा फैलिएको छ ! ध्ज्इ लगायतका ११ स्वास्थ्यका संगठनले विश्वको दोस्रो ठूलो चिकित्सा पद्धतिको रूपमा स्वीकार गरेको छ । विश्वका ८० भन्दा बढ़ी देशहरूमा होमियोपैथिक चिकित्सा पद्धति लाई प्रयोग र वैधानिक प्राप्त भएको छ ! युरोप का ४० देशहरूमा फैलिएको यो उपचार पद्धतिमा २९ प्रतिशत युरोपीयनहरू होमियोपैथिक उपचार पद्धतिको प्रयोग गर्दछन ।फ्रांसमा भएको सर्भे अनुसार लगभग ४० प्रतिशत फ्रांन्सेली नागरिकले होमियोपैथिकको प्रयोग गर्ने गरिएको र प्राथमिक स्कूलमा समेत होमियोपैथिक बारे जानकारी तथा मेडिकल स्कूलद्वारा होमियोपैथिकको अध्ययन गर्ने गरेको छ । छिमेकी देश भारत मा सन् २०१४ सम्म ५२ यूनिभसिटीले होमियोपैथिक अध्ययन गराई रहेको, १८३ होमियोपैथिक मेडिकल कॉलेज बाट स्नातक तहको अध्यापन गराई रहेको छ ! भारत सरकारले वैकल्पिक चिकित्सा – को प्रर्वदन र विकास को निम्ती छुट्टै आयुष मंत्रालयको स्थापना गर्नु – भएको छ ।
दक्षिण एशियामा भारत बाहेक पाकिस्तान, श्रीलंका र बंगलादेशमा पनि अत्यंत लोकप्रिय र उक्त देशहरूमा छुटै होमियोपैथिक मेडिकल काउन्सिल रहेको छ ! नेपाल मा होमियोपैथिक को इतिहास ः प्रधानमंत्री चंद्र रामशेरजंग बहादुर राणाको बेलामा एक पटक काठमाडौंमा हैजा फैलिएको थियो । हैजाको प्रकोपले त्यस क्षेत्रका बासिंदा डरले भयभीत थियो । त्यसै बेला एउटा बंगाली मुखर्जी भने चिकित्सकले होमियोपैथिक औषधी प्रयोगगरी धेरै बिरामीलाई निको पार्नु भएको थियो र फैलिएको हैजालाई कैम्फोरा प्रयोग गरि नियंत्राण समेत गर्नु भएको थियो ! प्रधानमंत्री राणाले होमियोपैथिक औषधिको चमत्कारी प्रभाव हेरेर धेरै प्रभावित हुनु भयो र उनीले आफ्नो परिवारमा त्यसै बेला देखि होमियोपैथिक चिकित्सा लाई प्राथमिकता दिनु भएको थियो । त्यसपछि चीफ फील्ड मार्शल रुद्र शमशेर जंग बहादुर रानाको पालामा नेपाली भाषामा “पारीवारिक होमियोपैथिक चिकित्सा” भन्ने पुस्तक समेत प्रकाशित भएको छ !
(१९७९ वि.स.) काठमाडौंको सुनधारामा होमियोपैथिक पशु अस्पताल खुलेको थियो । जहाँ डा. खुशबहादुर थापा कार्यरत हुन्थ्यो । सोही अस्पताल काठमाडांैको त्रिपुरेश्वरमा सारियो । २००४ मा काठमाडौंको सुनधारामा ज्ञानेन्द्र मोहन मेमोरियल होमियोपैथिक औषधालय स्थापित भयो । २०१० सालमा रामनाथ अघोरी बाबाले राजा त्रिभुवनलाई निवेदन गरी छह (६) शैय्याको होमियोपैथिक अस्पताल पशुपतिनाथको मंन्दिर परिसरमा संचालन गराउनु भयो । हाल यसको नाम पशुपति– होमियोपैथिक अस्पताल राखियो र यो अस्पताल ललितपुर जिल्लाको हरिहर भवनमा सारिएको छ ! २०४७ सालमा नेपाल होमियोपैथिक चिकित्सक संघ संस्थापक अध्यक्ष डा. जीवन प्रकाश, अमडुवा, सुनसरीको नाउँमा जिल्ला प्रशासन कार्यालय विराटनगर मोरङमा दर्ता भएको छ । यो संस्था २०४८ मा समाज कल्याण परिषद काठमाडौंमा दर्ता भएको छ ।
२०४९/२०५१/२०५३ मा नेपाल होमियोपैथिक मेडिकल काँउन्सिल को गठन गर्ने माग स्वास्थ्यड्ड तथा जनसंख्या मंत्रालयमा, नेपाल होमियोपैथिक चिकित्सक संघले गर्दै आएको छ ! वि.सं. २०५९ सालमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धमा डा. जीवन प्रकाशको अध्यक्षतामाड्ड होमियोपैथिक विषय समिति गठन गरी बी.एच.एम.एस. को पाठ्यक्रम तयार गरेर “नेपाल होमियोपैथिक मेडिकल कालेज” विराटनगरमा स्थापना गराउनु भयो !
तपाईको प्रतिक्रिया