ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश सरचनालाई बलियो बनाउँदा शान्ती सुरक्षा,विकास र जनतासँग नजिकको सम्बन्ध स्थापित हुन्छ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ कार्तिक २०८१, बिहीबार १६:५९
36
Shares
विराटनगर /  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा  उपयुक्त रहेको बताएका छन् ।
प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आज विराटनगरमा आयोजित मुख्य न्यायाधिवक्तहरुको छै्रठौ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले यो शासन व्यवस्था स्थापना भएको १० वर्षको भएकोले यसको राम्रा र कमजोर पक्षको सिंहावलोकन गर्दै आगामी दिनका लागि बाटो तय गर्नुपर्ने सुझाव दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरचनालाई बलियो बनाउँदा शान्ती सुरक्षा,विकास र जनतासँग नजिकको सम्बन्ध स्थापित हुने बताए । उनले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा प्रदेश संचरनाले पूर्वाधार विकासमा उल्लेखनीय कार्य, बेरुजु कम जस्ता उल्लेख हुनु खुशीको कुरा भएको बताए ।
अहिले हामी संविधान संशोधन गर्ने प्रकियामा गइरहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले संविधानमा भएका कमीकमजोरी हटाई  निर्वाचनमा दलले वहुमत प्राप्त गर्ने किसिमले संशोधन गर्नुपर्ने सुझाव दिए । उनले सरकारले निर्माण गरेको कानुनलाई जनताले नचिन्ने भएकोले यसलाई प्रभावकारी ढङ्गले जनस्तरमा पु¥याउनले सबैले भूमिका खेल्नु पर्नेमा जोड दिए । उनले  सुशासनको प्रत्याभूतिका एवं विधि सम्बत ढङ्गले कार्य गरेमा मुलुकमा समृद्धि कायम हुने चर्चा समेत गरे ।
कोशी प्रदेशका  सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाका मुख्य न्यायाधिवक्ता, वरिष्ठ अधिवक्ताको सुझावले कानून निर्माण गर्ने गरेको जानकारी दिए । उनले निर्माण गरेको कानुन जनस्तरमा पु¥याउन ६३ पालिकामा अन्तरक्रिया गरेको बताए ।
महान्यायाधिवकता रमेश वडाल, उच्च अदालत विराटनगरका मुख्य न्यायाधिश रमेशप्रसाद राजभण्डारी,प्रदेशका मुख्य महान्यायाधिवक्ता  नारायण वस्ती, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, पूर्व मुख्य  न्यायाधिवक्ताद्वय वुद्धिबहादुर कुटवाल, चुडामणि आचार्य र सह न्यायाधिवक्ता निर्मला दाहालले संविधान कार्यान्वयनमा सबैले आफ्नो क्षेत्रबाट भूमिका कार्यान्वयन गर्नुपर्ने बताए ।
प्रदेश कानून निर्माण तथा देखा परेका समस्याहरुका निदान सम्बन्धमा छलफल,मुख्य न्यायाधिक्कताको कार्यालयमा आउने समस्या समाधानका उपाय, सातवटै मुख्य न्यायाधिवक्ताहरुका कार्य सम्पादनका अनुभव आदानप्रदान गर्ने सम्मेलनको उद्देश्य रहेको छ ।
दुई दिने सम्मेलनमा सात प्रदेशका  मुख्य न्यायाधिवक्ताहरु, कार्यालयका प्रमुखहरु, उच्च अदालत, जिल्ला अदालतका न्यायाधिशहरु, उच्च र जिल्ला वारका प्रतिनिधि, अधिवक्ताहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर