AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्डकी नेपाल प्रथम छात्रा सिम्रन अग्रवाल रंगेली नगरपालिकाद्वारा सम्मनित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ चैत्र २०७८, सोमबार १७:०७
396
Shares
विराटनगर / विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाललाई रंगेली नगरपालिकाद्वारा सम्मानित भएकी छिन् ।

अग्रवाल २०७८ सालको विविएस तेस्रो बर्षको बार्षिक परीक्षामा नेपालमै सर्वाधिक ८२.२ प्रतिशत ल्याई नेपाल प्रथम भएकी थिइन् । रंगेलीका मेयर दिलीप बगडिया, उपमेयर केशवकुमारी खराल, कार्यकारी अधिकृत नवराज कार्कीले पुरस्कार स्वरुप सिम्रनलाई एक थान ल्यापटप प्रदान गरी सम्मान गरेका थिए । ३५ औँ गणगौर पुजा महोत्सव, नेपाल मारवाडी गणगौर पुजा समितिले पनि अग्रवाललाई सम्मान गरेको थियो ।

मेयर बगडीयाले सिम्रनले कलेज र रंगेलीको नाम उचाईमा पुराएकोमा खुशी व्यक्त गरे । बुबा रमाकान्त अग्रवाल र आमा पुष्पा अग्रवालको कोखबाट २०५३ सालमा कान्छी छोरीको रुपमा सिम्रन रंगेलीमा जन्मेकी हुन् । विद्यार्थी अग्रवालले आफ्नो सफलतामा कलेजको र परिवारको मुख्य भूमिका रहेको बताइन् ।

त्यस्तै एक महिनाअघि मेरिल्याण्डले पनि प्राथमिक प्रोत्साहन स्वरुप नगद एक्काइस हजार प्रदान गरी सम्मान गरेको थियो । मेरिल्याण्डका छात्र रोहितजंग कार्कीले २०७४ सालमा नेपालमै उच्चतम ८४.३ प्रतिशत अंक ल्याई विविएस चौथो बर्षमा नेपाल प्रथम गरेका थिए भने त्यस्तै २०६७ सालमा किन्जल पोख्रेलले विविएसमा त्रिभुवन विश्वविद्यालय प्रथम भइ तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा गोल्ड मेडल प्राप्त गरेका थिए । मेरिल्याण्ड कलेज व्यवस्थामन शिक्षामा प्रदेशकै अग्रणी शैक्षिक संस्था मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर